• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जन्मेदेखी २ बर्षसम्मका बच्चाको तौल नतौलने गरेको खुलासा

जन्मेदेखी २ बर्षसम्मका बच्चाको तौल नतौलने गरेको खुलासा


चिसाङ शेर्पा
  • शुक्रबार, असार २९ २०७५

  • चिसाङ शेर्पा,
    खोटाङका अधिंकास स्थानका आमाहरुले आफ्नो बच्चाको तौल नतौलने गरेको पाइएको छ । बच्चा जन्मेदेखी दुइवर्ष सम्मका बच्चालाई महिनैपिच्छे बच्चाको तौल अनुसार स्वास्थ्यकर्मीको सल्लाह बमोजिम पोषणका खानेकुरा खुवाएर बच्चालाई स्वास्थ्य र निरोगी बनाउनमा आमाहरु सक्रिय नरहेको पाईएको हो ।

     

    जिल्ला स्वास्थ्य कार्यालय खोटाङले विहिबार स्वास्थ्य सम्बन्धि विषयमा पत्रकार तथा सञ्चारकर्मीसँगको अन्तक्रियामा जन्मेदेखी २ बर्षसम्मका बच्चालाई जिल्लाका कुनैपनि स्वास्थ्य संस्थामा नतौलने गरेको पाईएको हो । केही आमाहरुले बच्चाको तौल तौलने गरे पनि स्वास्थ्यकर्मीबाट सबै अभिलेख नराखेका ३.२ प्रतिशतले मात्रै बच्चा तौलने गरेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डाक्टर राम बहादुर केसीले बताउनुभयो ।

     

    दुइबर्ष सम्म बच्चालाइ मासिकरुपमा तौलनु पर्छ भन्ने चेतना गाउँघरमा आमाहरुलाई बुझाउन नसकेका कारण स्वास्थ्यचौकीमा आएर बच्चा नतौलने गरेको अन्तक्रियामा जानकारी गराईएको थियो । स्वास्थ्यकर्मीको सल्लाह बमोजिम तौल अनुसार पोषणका खानेकुरा बच्चाले खाना नपाउदा पुड्को हुने, बाल मृत्युदर बढ्ने, कुपोषण हुने, रक्त अल्पता हुने लगायतका स्वास्थ्य समस्या आउने गरेको जिल्ला स्वास्थ्य कार्याल खोटाङका प्रमुख डाक्टर केसीले बताए । उहाँका अनुसार २ बर्षमा २४ पटक बच्चाको तौल लिनुपर्दछ ।

     

    यस्तै, अन्तक्रियामा गतबर्षको साउनदेखी गएको जेठ मसान्तसम्म १ सय ३७ जनाले औषधी खाएर निःशुल्क गर्भपतन, औजार प्रयोग गरेर ५ जना र सालनालका समस्या भएका मध्ये २ जनाले जिल्ला स्वास्थ्य कार्यालयबाट गर्भपतन गराएका जानकारी गराइएको थियो । जिल्ला स्वास्थ्य कार्यालयबाट ९४ जना महिलालले अपरेशन (पेट चिरेर) बच्चा जन्माएका छन् । यसैगरी, गतबर्षको साउनदेखी गएको जेठ मसान्तसम्म आर्थिक वर्षमा सर्पले टोकेका २१ जना र १ सय ३९ जनाले रेविज बिरुद्धको खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलले ९५ हजार ७ सय ६० जनालाई स्वास्थ्य सेवा दिएको छ ।

     

    यसैविच, वर्षातको सिजनमा आफू स्वास्थ्य तथा सुरक्षित रहनका लागि के कस्तो सावधानी अपनाउनु पर्छ भनेर हाम्रा सहकर्मी चिसाङ शेर्पा, जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलका प्रमुख डाक्टर राम बहाुदर केसीलाई सोध्नुधएको छ । उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गतबर्षको साउनदेखी शिशु पोषण प्रर्बद्धन कार्यक्रम मार्फत मासिक एक हजार रुपैयाँ दिदै आएको छ । गर्भवती महिलाले चार पटक गर्भ जाँच, मासिक स्वास्थ्य जाँच, बच्चालाई नियमित खोप र बच्चाको जन्मदर्ता हुने आमालाई मासिक हजार रुपैयाँ दिंदै आएको हो ।
     २०७५ असार २९ गते बिहान ११ :०० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology