चिसाङ शेर्पा,
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले वडा नं. ५ दुर्छिमस्थित हलेसीगढीमा किराती पहिचान सहितको कलात्मक प्रबेशद्धार निर्माण गरेको छ । निर्माण सम्पन्न उक्त प्रबेशद्धाराको दायाँबायाँ किराती संस्कृतीमा अति महत्व राख्ने दुईवटा कठुवा र दुईवटा चिण्डो राखिएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाको दश लाख बजेट र स्थानियवासीहरुको ३ लाख बराबरको जनश्रमदानबाट निर्माण भएको उक्त प्रबेशद्धारको आज हलेसी तुवाचुङ नगरपालिका प्रमुख ईबन राई, उपप्रमुख बिमला राई लगायतका विशिष्ट ब्यक्तिहरुबाट उद्घाटन भएको छ । यसका साथै उक्त स्थानलाई हलेसीगढी संम्बद्र्धन गर्ने योजना सहित आज जेष्ठ नागरिकहरुका साथमा स्थानियवासीले १ सय ५० प्रजातीका विभिन्न विरुवाहरु रोपेका छन् ।
किराती राजा होलेसुङको नामबाट चिनिने उक्त गढी नगरपालिकाको अन्य धार्मिक एवं ऐतिहासिक पर्यटकीय स्थलहरु, हलेसी महादेबस्थान, तुवाचुङ जयाजुङ, भुम्जुगढी जतीकै प्रसिद्ध मानिन्छ । हलेसीगढी प्रबेशद्धारको उद्घाटन पश्चात हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इबन राईले हलेसी तुवाचुङ नगरपालिकाले होलेसुङगढी, राजापानि खाम्तेलगढी, भुम्जुगढी तथा किरात संस्कृतीको उद्गमथलो तुवाचुङ जयाजुङलाइ बृहत एकीकृत गुरुयोजना बनाई आन्तरिक तथा वाह्य पर्यटकहरुको महत्वपुर्ण गन्तब्यस्थलको रुपमा संम्बद्र्ध, प्रर्बद्धन गर्ने बताउनुभयो । नगरप्रमुख राईका अनुसार हलेसी महादेवस्थान आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पनि ति स्थानहरुसम्म पुग्ने आर्कषक गन्तब्यस्थलको रुपमा बिकसित गराईनेछ ।
२०७५ असार २७ गते राती ८ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology