• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा गरीब घर परिवार परिचयपत्र दिने तयारी

खोटाङमा गरीब घर परिवार परिचयपत्र दिने तयारी


चिसाङ शेर्पा
  • मंगलबार, असार २६ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    चिसाङ शेर्पा,
    गरीब घर परिवार सहयोग समन्वय बोर्डको सचिवालयले खोटाङमा सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम गर्ने तयारी थालेको छ । असार अन्तिम सातादेखी गरीब घर परिवार परिचयपत्र वितरण, स्वास्थ्य बिमा लगायतका अन्य विभिaxन्न कार्यक्रम गर्ने तयारी थालेको हो ।

     

    केन्द्रिय तथ्याङ्क विभागले लघुक्षेत्र अनुमान विधिबाट तयार गरेको जिल्लागत गरिबीको दरलाई सिमा मानेर वोर्डद्धारा स्वीकृत १८ वटा गरीबीका सुचकका आधारमा विश्व बैंकले विकास गरेको पिएमटी विधि प्रयोगगरी गरीब घर परिवारको पहिचान र बर्गीकरणमा परेका गरीब घर परिवारलाई पचिरयपत्र वितरण गरिने जिल्ला समन्वय समिति खोटाङका सुचना प्रविधि अधिकृत प्रविण पोखरेलले जानकारी दिनुभयो ।

     

    पोखरेलका अनुसार खोटाङमा अति गरीब घर परिवार ४ हजार ४ सय ६९, मध्यम गरीब घर परिवार २ हजार ८ सय २३ र सामान्य गरीब घर परिवार १ हजार ९ सय ६३ गरी ९ हजार २ सय ५५ गरीब घर परिवार रहेका छन् । जिल्लामा अति गरीब जनसंख्या ३२ हजार ८ सय ३, मध्यम गरीब जनसंख्या १९ हजार ६ सय ८२, सामान्य गरीब संख्या १३ हजार १२७ गरी ६५ हजार ६ सय १२ जनालाई गरीब परिचयपत्र वितरणको तयारी थालिएको हो । २०७४ साउन १२ गते नेपाल सरकारको मन्त्री परिषदको स्वीकृत निर्णय अनुसार बोर्डले सुरुवातमा गरीब घर परिवार परिचयपत्र र स्वास्थ्य बिमा राहत दिने कार्यक्रमको तयारी गरीरहेको छ ।
    २०७५ असार २६ गते साँझ ६ : ५० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology