• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि सम्बन्धि तालिम सम्पन्न

भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि सम्बन्धि तालिम सम्पन्न


चिसाङ शेर्पा
  • मंगलबार, असार २६ २०७५

  • चिसाङ शेर्पा,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको दुइ वडामा भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि सम्बन्धि सात दिने तालिम समापन भएको छ । भुकम्प प्रभावित समुदायका लागि पुन निर्माण तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत डकर्मीहरुका लागि असार १९ गतेबाट सुरु भएको तालिम सोमबार सकिएको हो ।

     

    गरीबी निवारण कोषको आर्थिक सहयोगमा हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मिटार र दुर्छिममा सञ्चालित तालिममा २५÷२५ जनाको सहभागिता रहेको थियो । नवकिरण सेवा समाजको आयोजनामा दुर्छिममा दुर्छिम र मंगलटार तथा हलेसी विकास मन्चको आयोजनामा च्यास्मिटारमा भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि सम्बन्धि तालिम भएको गरीबी निवारण कोष खोटाङका कार्यक्रम प्रबन्धक रबिन राईले जानकारी दिनुभयो । तालिममा भूकम्प प्रतिरोधात्मक आवास निर्माणको डेमो बनाएर देखाइएको थियो ।

     

    दुर्छिममा भएको तालिमको ईन्जिनियर सुवास थापाले सहजीकरण गर्नुभएको थियो । भने, च्यास्मिटारमा ईन्जिनियर नन्दन झाले तालिमको सहजीकरण गर्नुभएको थियो । च्यास्मिटार, दुर्छिम, मंगलटराका डकर्मीहरुलाई लक्षित गरी सञ्चालन गरीएको तालिमबाट ५० जना दक्ष डकर्मी उत्पादन भएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईबन राईले बताउनुभयो ।

    यस्तै, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेमा आजबाट भूकम्प प्रतिरोधात्मक आवास निर्माण प्रविधि सम्बन्धि सात दिने तालिम सुरु भएको छ । तालिममा २५ जनाको सहभागिता रहेको छ ।
    २०७५ असार २६ गते साँझ ६ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology