• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फिफा विश्वकप फुटबलको सेमिफाइनल समिकरण, कसको भिडन्त कोसँग ?

फिफा विश्वकप फुटबलको सेमिफाइनल समिकरण, कसको भिडन्त कोसँग ?


समायोजन खबर
  • मंगलबार, असार २६ २०७५

  • रसियामा जारी फिफा विश्वकप फुटबलको २१औं संस्करणको सेमिफाईनल समिकरण पुरा भएको छ । क्वार्टरफाइनलबाट चारवटा युरोपियन टोली क्रोएसिया, फ्रान्स, बेल्जियम र इङ्ल्याण्डले अन्तिम ४ मा स्थान पक्का गरेका हुन् ।

    फाईनल प्रवेशका लागि बुधबार सेमिफाइनलमा फ्रान्सले बेल्जियम र इङ्ल्याण्डले क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछन् ।

    युरोकपको उपविजेता फ्रान्स दक्षिण अमेरिकी राष्ट्र उरूग्वेलाई २–० ले पराजित गर्दै यो विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टोली बन्यो । सेमिफाइनलमा फ्रान्सको यो छैठौं पटकको याता हो । यसअघि दुई पटक फाइनल खेलेको उसले सन् १९९८ मा विश्वकप उपाधि हात पार्‍यो भने २००६ मा दोस्रो भएको थियो । सन् १९५८ र १९८६ मा तेस्रो भएको फ्रान्स सन् १९८२ मा चौथो भएको थियो । यो सेमिफाइनलमा के हुन्छ बुधबारको खेलपछि मात्रै थाहा हुनेछ ।

    अर्को युरोपेली मुलुक बेल्जियम दोस्रो पटक विश्वकपको सेमिफाईनल प्रवेश गरेको छ । पाँच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै बेल्जियमले सेमिफाइलको यात्रा तय गरेको हो । यसअघि सन् १९८६ को विश्वकपमा सेमिफाइनल पुगेको बेल्जियम चौथो भएर घर फर्किएको थियो ।

    युरोपेली राष्ट्र इङ्ल्याण्ड पनि क्वार्टरफाइनलमा स्विडेनलाई २-०ले पराजित गर्दै १८ वर्षपछि विश्वकपको सेमिफाईनलमा खेल्दैछ ।  सन् १९९० को विश्वकपमा सेमिफाइनलसम्म पुगेर चौथो भएको इंग्ल्यान्ड सन् १९६६ मा विश्वकप विजेता पनि हो ।

    यो संस्करणको अन्तिम क्वार्टरफाईनल खेलमा घरेलु टोली रूसलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अर्को युरोपेली मुलुक क्रोएसिया सेमिफाईनलमा पुगेको छ । क्रोएसियाको पोनि यो दोस्रो पटकको सेमिफाइनल यात्रा हो । यसघि सन् १९९८ मा नेदरल्याण्डलाई हराउँदै तेस्रो भएको थियो।

    कसको भिडन्त कोसँग ? 
    मंगलबार फ्रान्स र बेल्जियमबीचको पहिलो सेमिफाइनल खेल सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार राति ११:४५ मा सुरू हुनेछ ।

    क्रोएसिया र इङ्ल्याण्डबीचको दोस्रो सेमिफाईनल खेल बुधबार राति लुजिनिकी रंगशालामा नेपाली समय अनुसार राति ११ :४५ मा सुरू हुनेछ ।

    यि दुर्इवटा खेलबाट विजेता हुने टिमहरुले फाइनलमा भिडन्त गर्नेछन् भने पराजित हुने टिमहरुले अन्तिम तेस्रोका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    तस्विर: फिफा

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology