समायेाजन खबर,१० जुन ,टोक्येा
काभ्रेली समाज जापानकेा अ।येाजनामा दोस्रो क़ाभ्रेली कप २०१८ प्रतियोगिता गर्ने भएको छ।समाजका अघ्यक्ष समिर तामाङका अनुसार आगामी अगस्ट १९ फुटबल हुने खेल साईतामा केनको चुओ कु सिमो ओचिआइ ४-१२-१ (ल्याडर स्पोर्ट साईतामा) योनो होममाची ( जेआर साइक्यो लाइन ) बिहान १० बजे शुरू हुने भएको छ ।
दोश्रो काभ्रेली कप २०१८ मा बिजय हुने फूटबल टीमलाई प्रथम पुरस्कार ५ लाख ६० हज़ार येन,दोस्रो पुरस्कार २ लाख,३० हज़ार येन र तेस्रो पुरस्कार १ लाख १० हज़ार येन को ब्यबस्था गरिएको जनाएको छ । उत्कृष्ट खेलाड़ी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र उच्च गोलकर्ता प्रत्येक बिधालाई जनही (१२५०० येन को पुरस्कारको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ । काभ्रेली कप २०१८ काभ्रेली कप कै निरन्तरता हो । यस अघि समाज ले पहिलो काभ्रेली कपको आयोजना गरिएको थियो ।
स्वस्थ प्रतिस्पर्घा र अनुशासन फूटबल खेलको मान्यता हो यसमा हातेमालो गर्न संम्पुर्ण जापानमा रहेका संघ सस्था अनि सम्बन्धित फूटबल टीमलाई अध्यक्ष तामाङले अनुरोंघ पनि गर्नु भएको छ ।