• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

हलेसी तुवाचुङ नगरपालिका ५५ करोड बजेट ल्याउने तयारीमा

हलेसी तुवाचुङ नगरपालिका ५५ करोड बजेट ल्याउने तयारीमा


चिसाङ शेर्पा
  • मंगलबार, असार २६ २०७५

  • चिसाङ शेर्पा,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ५५ करोड बजेट ल्याउने तयारी गरेको छ । सडक, विधुत, पर्यटन, कृषिलाई बिशेष प्राथमिकता दिंदै नगरले आगामी असार २९/३० गते नयाँ बजेट ल्याउने तयारी गरेको हो ।

     

    सबै विषयगत कार्यालयको विकास बजेट, शशर्त, निशर्त, केन्द्र र प्रदेशबाट आउने अनुदान सहित ५५ करोड बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इबन राईले जानकारी दिए । नगरपालिका सेवा रहित समाज, शुसासन, पारदर्शी, जवाफदेही र निश्पक्षको सिद्धान्तलाई आत्मासाथ गर्दै अघि बढीहरेकाले नयाँ बजेटबाट पनि त्यसैले निरन्तरता पाउने मेयर राईले जनाए ।

     

    यस्तै, नगरले खेलकुद र शिक्षालाई प्राथमिकतामा राखेको छ । तेश्रो खोटाङ हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हलेसीमा गराइने बारेमा आवाश्यक तयारी भईरहेको, ११ वडाहरुमा वडास्तरीय खेलमैदान निर्माण गरेर खेलाडीहरुलाइ विद्धालय स्तरबाटै खेल संस्कृतीको विकास गर्नका लागि पुर्व तयारी भईरहेको छ । नेपालको कुनै पनि नगरपालिकाले आफ्नो सबै वडामा बर्थिङ सेन्टर स्थापना गरी सञ्चालन नगरेको जिकिर सहित ११ वडामा बर्थिङ सेन्टर स्थापना गरेर भरपर्दो र विश्वासिलो स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । त्यसलाई थप छिटो छरितो बनाउन स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेर काम गरीरहेको बताईएको छ ।

     

    आधा पाटो ओगटेर बसेका महिलाहरुलाई विकासमा समावेश गराइएन भने, विकास निर्माणको कुरामा भौतिक विकास बाहेक अन्य केही विकास नहुने हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले बताइन् । बिगतको तुलनामा ५ करोड अनुदान रकम कम आएता पनि यस बजेटमा पनि महिलाहरुलाई प्राथमिकतामा राखेर बजेट तर्जुमा कार्यक्रम बनाएको छु । उहाँले भन्नुभयो, ‘यस आर्थिक बर्षको बजेटमा एकल महिला कोष, नगरपालिकाभित्र रहेका १ सय २८ जना महिला स्वयंसेविकालाई बिगतमा दिंदै आएको हजार रुपैंयाँ प्रोत्साहन भत्तालाई निरन्तरता, ‘विपन्न महिलाहरुका लागि टेवा कार्यक्रम’को नीति समावेश गरिएको र बजेटिङ भएको त्यही अनुसार महिलाहरुको पक्षमा आगामी दिनमा काम गरिने छ ।’

                                                  २०७५ असार २६ गते दिउँसो १२ : ४५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology