• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आएकी राई पुरस्कृत

लैङ्गिक हिंसा विरुद्ध काम गर्दै आएकी राई पुरस्कृत


चिसाङ शेर्पा
  • सोमबार, असार २५ २०७५

  • चिसाङ शेर्पा,
    राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत महिला तथा वालवालिका कार्यालय दिक्तेलले लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्नुहुने ब्यक्तिलाई प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । लैङ्गिक हिंसामा परेका महिला, वालवालिका, जेष्ठ नागरिकको पक्षमा बिगत लामो समयदेखी काम गर्दै आउनु भएका महिला अधिकारकर्मी खोटाङ नेर्पाकी दुर्गा जयन्ती राईलाई नगद २० हजार राशीको पुरस्कार प्रदान गरेको हो ।

     

    लामो समयदेखी लैङ्गिक हिंसाको बिरुद्ध लड्दै आएको संस्था तथा क्रियाशिल ब्यक्तिहरुको छनौट गरी प्रोत्साहन पुरस्कार प्रदान गर्ने केन्द्रको नियम अनुसार आइतबार नेतृ राईलाइ प्रोत्साहन पुरस्कार प्रदान गरिएको महिला तथा वालवालिका कार्यालय दिक्तेलका निमित्त प्रमुख भुवन राईले जानकारी दिनुभयो । पुरस्कृत राईले जिल्लामा पीडित महिला, बालवालिका, जेष्ठ नागरिकहरुलाई स्थानिय प्रशासन, प्रहरी, अदालतसम्म पुग्नमा समन्वय र सहकार्य गरेर न्याय दिलाउन अहम भूमिका निर्वाह गर्दै आएकी छन् ।

     

    पुरस्कृत राई तत्कालिन नेकपा माओवादीका पुर्व सभासद, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष, महिला एकता अध्ययन केन्द्रकी अध्यक्ष, तत्कालिन नेकपा माओवादी अनेमसंघ क्रान्तीकारीको केन्द्रिय उपाध्यक्ष तथा हाल नेकपा कम्न्युष्ट पार्टीका केन्द्रिय सदस्य हुनुहुन्छ । लैङ्गिक हिंसाको क्षेत्रमा काम गर्नुहुने राईलाई जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङले पुरस्कार प्रदान गर्नुभएको थियो ।
                           फोटो, दुर्गाजयन्ती राईको फेसबुकबाट  २०७५ असार २५ गते साँझ ७ : ०० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology