• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आजदेखी दिक्तेलमा आदिवासी जनजातिका अगुवाहरुको क्षमता विकासका लागि तालिम सुरु हुंदै

आजदेखी दिक्तेलमा आदिवासी जनजातिका अगुवाहरुको क्षमता विकासका लागि तालिम सुरु हुंदै


चिसाङ शेर्पा
  • शनिबार, असार २३ २०७५

  • चिसाङ शेर्पा असार/२३ खोटाङ,
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलमा आदिवासी जनजातिका अगुवाहरुको क्षमता विकासका लागि तीन दिने ‘अन्तराष्ट्रिय श्रम संगठ्न (आइएलओ) १ सय ६९, संयुक्त राष्ट्रसंघको घोषणापत्र र नेतृत्व विकास’ तालिम हुने भएको छ ।

     

    नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् दिक्तेलको आयोजनामा अहिले मध्यान्ह दिउँसो १२ बजेपछि दिक्तेल भवनगैरा जनसेवा समाजको तालिम हलमा सञ्चालन हुने तीन दिवशीय तालिमको नेपाल आदिवासी जनजाती महासंघका पुर्व महासचिव तथा प्राध्यापक डां. ओम गुरुङले सहजीकरण गर्नुहुने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो ।

     

    तालिममा नगरपालिका भित्रका १५ वडाका २/२ जना र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका भातृ संगठनहरुको पदाधिकारी सहित ५० जनाको सहभागितामा रहने अध्यक्ष राईले बताउनुुभयो ।
    २०७५ असार २३ गते बिहान ८ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology