• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस्तो छ, हलेसी तुवाचुङ नगरपालिकाको एक वर्षे उपलव्धी

यस्तो छ, हलेसी तुवाचुङ नगरपालिकाको एक वर्षे उपलव्धी


समायोजन खबर
  • शुक्रबार, असार २२ २०७५

  • समायोजन खबर असार/२२ खोटाङ,
    खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले एक वर्षे उपलव्धी सार्वजनिक गरेको छ । २०७४ साल मंसिर १० गतेको निर्वाचनपछि कार्यभार सम्हालेको ठीक वर्ष दिन पुगेको अवशरमा मेयर इवन राईले बुधबार विज्ञाप्तीमार्फत वर्ष दिनको उपलव्धी सार्वजनिक गरेका हुन् ।

     

    दिगो बिकास, सुशासन, शान्ति र संबृद्धिका लागि उद्धेश्य तथा लक्ष्य किटान गरेर काम सुरु गरेको नगरपालिकाले त्रि–धार्मिकस्थल हलेसीको बृहत गुरुयोजना निर्माण, हलेसी मन्दीर व्यवस्थापन, सबै वडामा सडक बिस्तार, उज्यालो नगर बनाउने अभियानको सुरुवात, सबै ११ वडामा बर्थिङ सेन्टर स्थापना, नमूना बिद्यालय निर्माण, डिप बोरिङका माध्यमबाट हलेसीमा पानी बिस्तार लगायतका कामको थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

     

    यस्तै, नगरपालिकाको भवनका लागि जग्गा जुटाएर भवन निर्माण प्रकृयाको थालनी, हलेसीमा ल्याण्डफिलसाईट तथा अस्थायी बसपार्क निर्माण, कृषि क्षेत्रमा युवाको संलग्नताका लागि युवा उद्यम अनुदान प्रदान लगायतका कामलाई नगरपालिकाले वर्ष दिनको उपलव्धीकारुपमा राखेको छ । कमजोर भौतिक संरचना, संघीय तथा प्रदेश सरकारबाट जारी हुने कानूनी समस्या, कर्मचारीको अभाव, न्यून बजेट, आन्तरिक श्रोतको परिचालन, प्रशासनिक कार्यअनुभवको अभाव लगायतका समस्याका वावजुद शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, सडक, खानेपानी, सूचना तथा सञ्चार, लक्षीत वर्ग लगायतलाई मागका आधारमा बजेट व्यवस्था गरी काम गरिएको मेयर राईले जारी गरेको बिज्ञाप्तीमा उल्लेख छ ।

     

    सार्वजनिक सेवा प्रवाहलाई मितव्यायी, नियमित, प्रभावकारी, पारदर्शी र चुस्त दुरुस्त बनाउँदै सिंहदरबार केन्द्रित अधिकारलाई गाउँ–गाउँमा पु¥याइएको अनुभुती दिलाउने प्रयत्नरत रहेको जनाइएको छ । नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने मध्यपहाडी लोकमार्गको खण्डमा भइरहेका ढिलासुस्तीका विषयमा नियमित अनुगमन, हलेसी क्षेत्रमा थालिएको बृहत सुक्खा क्षेत्रको कामलाई तिब्रता प्रदान गर्ने, हरेक आयोजनालाई अनुगमन–मूल्यांकन गरी गुणस्तरिय बिकास निर्माणको काममा प्रतिबद्ध रहेको जनाएको छ ।
                                                  २०७५ असार २२ राती ९ : १५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology