• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पाकिस्तान: पूर्वप्रम नवाज शरिफलाई १० वर्ष जेल सजाय

पाकिस्तान: पूर्वप्रम नवाज शरिफलाई १० वर्ष जेल सजाय


समायोजन खबर
  • शुक्रबार, असार २२ २०७५

  • ,जुन

    पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण गर्न स्थापित एउटा निकायले भूतपूर्व प्रधानमन्त्री नवाज शरिफलाई भ्रष्टाचारको एउटा मुद्दामा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको छ।लन्डनस्थित उनको स्वामित्वमा रहेका भनिएका चारवटा विलासी फ्ल्याटको विषयमा उनीविरुद्ध मु्द्दा चलेको थियो।

    पाकिस्तनाको न्याश्नल अकाउन्ट्याबिलिटी ब्यूरोको अदालतले शृङ्खलाबद्ध स्थगनपछि उक्त फैसला शुक्रवार सुनाएको हो।

    आम्दानीभन्दा बढी सम्पत्ति भएको भन्दै न्यायाधीश मोहम्मद बशिरले पूर्वप्रधानमन्त्री शरिफलाई १० वर्ष र अदालतलाई नसघाएको भन्दै एक वर्षको जेल सजाय सुनाएका हुन्।

    दुइटै सजाय एकैचोटि भोग्नुपर्ने हुँदा सजाय को कुल अवधि १० वर्षको नै हुनेछ।शरिपलाई अपराधमा सघाएको भन्दै छोरी मरियमलाई सात वर्ष र अदालतलाई नसघाएको भन्दै थप एक वर्षको जेल सजाय सुनाइएको हो। उनले सजसयको कुल अवधि सात वर्षको हुनेछशरिफलाई ८० लाख पाउन्ड र मरियमलाई २० लाख पाउन्ड जरिवाना पनि तोकिएको छ।

    ज्वाइँ सफ्दर अवनलाई चाहिँ अदालतलाई सहयोग नगरेको भनेर एक वर्ष सजाय तोकेको छ।अदालतले लन्डनमा भएका चारवटै फ्ल्याट पाकिस्तान सरकारका लागि जफत गर्न आदेश दिएको छ।

    बिबिसी नेपाली

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology