चिसाङ शेर्पा असार/२२ खोटाङ,
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पाँचवटा कृषक समुहलाई उन्नत जातका बोका वितरण गरिएको छ । वितरण गरिएका स्थानका बाख्राहरुमा नश्ल सुधार गरी व्यवसायिक बाख्रा पालनका लागि बोयर जातका बोका वितरण गरिएको हो ।
गाउँपालिकाको २ लाख ५० हजार बिनियोजित रकमबाट मकवानपुरदेखी खरीद गरी बुधबार गाउँपालिकाको वडा नं. १ याम्खाको हरियाली कृषक समुह, वडा नं. ३ छोरम्बुको जनजागरण कृषक समुह, वडा नं. ४ बतासेको हरियाली कृषक समुह, वडा ५ सप्तेश्वर छितापोखरीको सिद्धेश्वरी कृषक समुह र वडा नंं. ७ टेम्माको सक्रिय सहभागिता कृषक समुहलाई उन्नत जातको बोयर बोका वितरण गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले जानकारी दिनुभयो ।
यसैविच, दिपु्रङ चुईचुम्मा गाउँपालिकाले ९० प्रतिशत साना तथा ठूला योजनाको अनुगमन सकेको छ । गाउँपालिकाभित्र सञ्चालित योजनाहरुको अनुगमन गदै गाउँपालिकाले पेश्की रकम फस्यौट गर्ने गरेको छ ।
२०७५ असार २२ साँझ ७ : ४५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology