• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द

खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द

असार २५ बाट दिक्तेल–काँकडभिट्टा सिधा यातायात


चिसाङ शेर्पा
  • मंगलबार, असार १९ २०७५

  •  

    चिसाङ शेर्पा असार/१९ खोटाङ
    बर्षातसँगै खोटाङका अधिकांश स्थानमा यातायात सेवा बन्द भएको छ । ६/६ महिना सञ्चालनमा आइरहेका कच्ची सडकहरु बर्षातसँगै हिलाम्मे र खाल्डाखुल्डी भएका कारण यातायात सेवा बन्द भएको हो । बर्षातको समयमा अत्याधिक पानि पर्ने, कच्ची बाटोमा गाडी तथा मोटरसाईकल भाँसिने समस्या हुन थालेपछि सदरमुकाम देखी गाउँ–गाउँसम्मको यातायात सेवा टुटेकोे छ ।

     

    प्राय : हिउदको समयमा दुई नगरपालिका, आठ गाउँपालिकाको सबै स्थानमा पुग्ने यातायात सेवा असार दोश्रो सातादेखी पुग्न छोडेको छ । सदरमुकाम दिक्तेलबाट ऐसेलुखर्क, बाक्सिला खार्मी, पाथेका, लामिडाडाँ, खानीडाडाँ, दिक्तेल–चखेवा भञ्जयाङ्सम्मकोे यातायात सेवा बन्द भएको खोटाङ यातायात व्यवसायी संघका महासचिव राम कुमार हिङमाङले जानकारी दिनुभयो ।

     

    हाल दिक्तेलबाट बुइपा, जालपा लोकल यातायात सञ्चालन भईरहेको छ । पानि धेरै परेमा केही समयपछि त्यही सेवा पनि बन्द हुने महासचिव हिङमाङले बताउनुभयो । बर्षातका कारण यातायात सेवा बन्द भएपछि स्थानियहरुलाइ शास्ती भएको छ । दिक्तेलबाट दक्षिणी भेगतर्फ जाने दिक्तेल–तावाखोला सडक खण्ड भने गएको बैशाख देखी नै अबरुद्ध छ ।

     

    हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर, दिक्तेल–कटारी सिधा यातायात सञ्चालनमा रहेको छ । यसैविच, आगामी असार २५ गतेबाट दिक्तेल–काँकडभिट्टा सिधा यातायात सञ्चालन हुने खोटाङ यातायात व्यवसायी संघले जनाएको छ । दिक्तेल–काँकडभिट्टा सिधा यातायात सुरु भएपछि झापासम्मको यात्रामा सहजता पुग्ने अनुमान गरिएको छ । हाल जिल्लामा तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ ।
                                                                            २०७५ असार १९ साँझ ६ : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology