• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘प्रथम नगर स्तम्भ’ अनावरण

‘प्रथम नगर स्तम्भ’ अनावरण


चिसाङ शेर्पा
  • सोमबार, असार १८ २०७५

  • चिसाङ शेर्पा असार/१८ खोटाङ,
    प्रथम नगर दिवसको अवसरमा ‘नगर स्तम्भ’ अनावरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रथम नगर दिवसको अवसरमा नेर्पास्थित भुलभुलेमा प्रथम नगर स्तम्भको अनावरण गरिएको हो ।

     

    मुलुक संघिय संरचनामा गइ स्थानिय सरकार कायम पश्चातको पहिलो वर्ष पार गरेको उपलक्ष्यमा नेर्पाको भुलभुलेमा निर्माण गरिएको स्तम्भको सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले अनावरण गर्नुभएको हो । नगरपालिकाको पहिलो पटक २१ लाख र दोश्रो पटक १० लाख लगानीमा निर्माण भएको स्तम्भको शिरमा बुद्धको मुर्ती राखिएको छ । हिन्दु, किरात समुदायको धार्मिक संगमथलो रुपमा मानिदै आएको भुलभुलेमा बौद्धको मुर्ती राखिएसँगै भुलभुले त्रिधार्मिक संगम थलोको रुपमा परिणत भएको छ ।

     

    भुलभुले दुधकुण्ड देउधाम निर्माण उपभोक्ता समुहले गत जेठबाट निर्माण थालेको भुलभुलेमा नगर स्तम्भ, मुल पोखरी पुन : मर्मतको काम निर्माण समापन भएको छ । भने, धारा माथिको पोखरी, गेट, सिढी, देविथान घेराबार, फुलबारी, मुल पोखरी छेउ पर्खाल, भुलभुले मुहानमा मन्दिर, पर्खाल र शिव मन्दिर मर्मतको काम बाँकी रहेको भुलभुले दुधकुण्ड देउधाम निर्माण उपभोक्ता समिति अध्यक्ष राजनश्वर राईले जानकारी दिनुभयो । बाँकी निर्माणका काम असारभित्र समापन गरिने निर्माण उपभोक्ता समितिले जनाएको छ । पर्यटकीय रुपमा चिनिन्दै आएको भुलभुलेमा नगरपालिकाले नगर स्तम्भ निर्माण गर्र्दा पर्यटनमा थप टेवा पुगेको छ ।

     

    नगर स्तम्भ अनावरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै मेयर रिजालले आगामी चार वर्षमा गरिने पर्यटनका संम्भावनाहरु प्रस्तुत गर्नुभयो । महुरेगढीमा आर्कषक पोखरी, साप्सुढाप, देवीथान, मझुवागढीलाइ व्यवस्थित, रुपाकोटमा भ्यु टावर निर्माण, शहिद पार्क निर्माण, नेर्पा, पाथेका र खार्मीको माथिल्लो भेगमा नेपालकै महत्वपुर्ण तालको डिटेल्स अध्ययनको काम भइरहेको सुनाए । बुइपाको पञ्चदोवाटोमा विश्वकै सबैभन्दा अग्लो यलम्बरको मुर्ती राखेर पार्क निर्माण गर्नेगरी डिपिआर तयार गरी सकिएको उनले बताए ।

    क्याप्सन : प्रथम नगर स्तम्भ अनावरण पश्चात मेयर दिपनारायण रिजाल स्तम्भमा लेखिएका कुरा वाचन गर्नुहुदैं तस्विर, चिसाङ शेर्पा २०७५ असार १८ साँझ ५ : ३५ मा प्रकाशति

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology