समायोजन खबर असार/१५ खोटाङ,
करेन्ट लाग्दा खोटाङमा अपरेटरको ज्यान गएको छ । करेन्ट लाग्दा ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित नावालिदिङ खोला लघुजलबिद्युत आयोजनाको अपरेटरकारुपमा कार्यरत गणेश जोगीको ज्यान गएको हो ।
ट्रान्सफर्मरमा चढेर बिद्युत मर्मत गर्नेक्रममा अपरेटर जोगीलाई करेन्ट लागेको अनुमान गरिएको ऐसेलुखर्क गाउँपालिकाका प्रमुख बिश्वनाथ निरौलाले बताउनुभयो । विद्यालय जाँदै गरेका छात्र/छात्राले ट्रान्सफर्मर नजिकै जोगीको शव भेटेर स्थानीयलाई खबर गरेका थिए । जोगीको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा ल्याइएको छ ।
२०७५ असार १५ दिउँसो १२ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology