• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

जापानलाई फेयर प्लेले साथ दियो, हारे पनि नकआउट चरणमा प्रवेश

जापानलाई फेयर प्लेले साथ दियो, हारे पनि नकआउट चरणमा प्रवेश


समायोजन खबर
  • बिहिबार, असार १४ २०७५

  • कोलम्बिया र जापान विश्वकपको समूह एचबाट क्रमशः विजेता र उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका छन् ।

    समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले पराजित भयो । अर्कोतर्फ कोलम्बियाले सेनेगललाई पराजित गरेपछि उसले ६ अंकसहित समूह विजेताका रुपमा छनोट भयो ।

    पोल्याण्डसँग पराजित भए पनि जापानले समान ४ अंक रहेको सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुगेको हो । सेनेगल र जापानको समान ४ अंक र गोल अन्तर पनि बराबर भएपछि फेयर प्लेका आधारमा जापान भाग्यमानी बनेको हो ।

     

    विश्वकप इतिहासमै पहिलो पल्ट कुनै टिम फेयर प्लेका आधारमा अघिल्लो चरण पुगेको हो । समूह चरणकाे खेलमा जापानले सेनेगलले भन्दा दुई वटा कम पहेँलाे कार्ड बेहाेरेकाले उ अर्काे चरणमा पुग्न सफल भएकाे हाे । सेनेगलले  तीन खेलमा गरी ६ वटा पहेँलाे कार्ड पाएकाे थियाे भने जापानले ४ वटा पहेँलाे कार्ड पाएकाे थियाे ।

    रुसको भोग्लोग्राड एरिनामा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा पोल्याण्डले गोल गरेको थियो । खेलको ५९औं मिनेटमा जन बेडनारिकले गरेको गोल नै पोल्याण्डको सान्त्वना जितमा निर्णायक बन्यो ।

    यसअघि नै विश्वकपबाट बाहिरिइसकेको पोल्याण्डले एक जितसँग विश्वकपको सुखद अन्त्य गरेको छ ।

    यता कोलम्बियाले पनि सेनेगललाई १–० ले नै हरायो । पहिलो हाफ उसले पनि बराबरी खेलेको थियो । तर, दोस्रो हाफमा सेनेगलको बलियो रक्षापंक्ति तोड्दै यारी मिनाले गोल गरे ।
    खेलको ७४औं मिनेटमा फर्नान्डो क्वीन्टेरोको कर्नर प्रहारलाई मिनाले पेनाल्टी एरिनाबाट हेडमार्फत गोल गरेका थिए । यही गोलले कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा पुग्यो ।
    प्रिक्वार्टरफाइनलमा कोलम्बियाले समूह जीको विजेता र जापानले उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । समूह जीको विजेताको छिनोफानो गर्न आज राति पौने १२ बजे इंग्ल्याण्ड र बेल्जियम भिड्दैछन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology