• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

स्वास्थ्य शिविरमा ७ सय ३२ जनाले गराए उपचार

स्वास्थ्य शिविरमा ७ सय ३२ जनाले गराए उपचार

पाठेघर सम्बन्धीका महिलाहरुको बाक्लो उपस्थिती


चिसाङ शेर्पा
  • बिहिबार, असार १४ २०७५

  • फाईल तस्विर ।

    चिसाङ शेर्पा असार/१४ खोटाङ,
    खोटाङको कुभिण्डेमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरबाट ७ सय ३२ जनाले स्वास्थ्य उपचार गराएका छन् । रावाबेंशी गाउँपालिका–१ कुभिण्डेस्थित रत्नराज्य आभारभुत विद्धालयमा भएको दुइ दिने बिशेषज्ञ स्वास्थ्य शिविरमा गाउँपालिकाभित्रका स्थानियहरुले स्वास्थ्य उपचार गराएका हुन् ।

     

    स्थानिय सरकार कायम भएपछि गाउँपालिकालाई लक्षित गरी बुधबार र विहीबार भएको बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा महिलातर्फ ४ सय ९२ र पुरुषतर्फ २ सय ४० जनाले नोवेल अस्पताल विराटनगरका ११ जना स्वास्थ्य बिशेषज्ञ टोलीको हातबाट स्वास्थ्य उपचार गराएका हुन् । शिविरमा पाठेघरको मुखको क्यान्सर भएका ८७ जना महिला, दाँतका ७१ जना, मनस्थिती बिग्रेका वालरोगी ५ जनाको उपचार गरिएको छ । ५ जना महिलाले पाठेघरमा रिङ प्रेसरी राखेका रावाबेंशी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो । शिविरमा पाठेघर सम्बन्धी रोग भएका महिलाहरुको बाक्लो उपस्थिती रहेको

     

    सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा विराटनगरको आर्थिक सहयोग तथा गाउँपालिकाको संयोजनमा भएको शिविरमा स्त्री तथा प्रसुती रोग, वालरोग, हाडजोर्नी, फिजिसियन, शल्यचिकित्सा, मुख तथा दन्त रोग, भिडियो एक्सेरे सेवा प्रदान गरिएको रावाबेंशी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । स्थानिय सरकार कायम भएपछि गाउँपालिकामा पहिलो पटक सुविधा सम्पन्न तवरमा स्वास्थ्य उपचार गराउन पाउँदा सेवाग्राही हर्षित भएका छन् । भौगोलिक रुपमा टाढासम्म स्वास्थ्य उपचार गराउन जान नसकेका तथा सामाजिक डरले लुकाएर राखेका स्त्री रोगहरु आफ्नै घर आँगनमा विशेषज्ञ टोलीबाट उपचार गराउने अवसर मिल्दा स्थानियहरु उत्साहित भएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

    क्याप्सन : शिविरमा उपस्थित सेवाग्राहीहरु उपचार गराउदै, तस्विर, हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठको फेसबुक, २०७५ असार १४ साँझ ५ : ५५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology