• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउदी अरबबाट अग्नी पिडितलाई आर्थिक सहयोग

साउदी अरबबाट अग्नी पिडितलाई आर्थिक सहयोग


समायोजन खबर
  • बिहिबार, असार १४ २०७५

  • समायोजन खबर असार /१४ खोटाङ,

    खोटाङको दुर्छिम रातमाटेका अग्नी पिडितलाई साउदीअरबबाट प्राप्त भएको राहत रकम हस्तान्तरण गरिएको छ । २०७४ साल चैत्र २५ गते भएको आगलागीमा बिस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम रातमाटेका पटमराज राई, अकिलराज राई, अगमराज राई र गमराज राईलाई साउदी अरबमा रहेका शुभेच्छुकले संकलन गरेर पठाएको रकम बुधबार हस्तान्तरण गरिएको हो ।

     

    साउदी अरबमा संकलन भएको १ लाख ११ हजार १५ रुपैयाँ रकममध्ये २७ हजारमा चार अग्नी पिडितको घर निर्माणका लागि चार वटा घडेरी सम्याएपछि बाँकी रहेको ७६ हजार ६६० रुपैयाँ रकम हस्तान्तरण गरिएको हो । घडेर सम्याएपछि बाँकी रहेको रकम स्थानीय ज्येष्ठ नागरिक पुनकसिं राईले प्रतिपरिवार १८ हजार १६५ का दरले हस्तान्तरण गर्नु भएको हो ।

     

    आगलागीबाट बिचल्नीमा परेका अग्नी पिडितको सहयोगार्थ साउदीमा फेसबुक ग्रुप च्याट अभियान चलाइएको अग्नी पिडित सहयोगका अभियान्ता एबं किरात राई यायोक्खा साउदीअरबका सचिव गणेश राई (रोदुङ किराती)ले बताउनुभयो । अग्नी पिडितलाई हङकङबासी नेपाली, खोटाङ प्राकृतिक प्रकोप सहयोग कोष, विभिन्न संस्था तथा व्यक्तीले पनि आर्थिक सहयोग गरेको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology