समायोजन खबर असार १० खोटाङ,
सिँचाई योजनाको ठेक्का सम्वन्धी बिवरणको माग गर्दै सिँचाई बिकास डिभिजन कार्यालय खोटाङमा निबेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित छेपेखोला–खार्ते खोला सिँचाई योजनाको ठेक्कामा अनियमितता भएको भन्दै आईतबार सिँचाई बिकास डिभिजन कार्यालयमा दोर्पाचिउरीडाँडाका उमेशचन्द्र राईको निबेदन परेको हो ।
गत जेठ ९ गते १२.३० बजे ठेक्का खोल्दा ३२.५ प्रतिशत बिलोमा शुभ एण्ड ध्रुब कन्ट्रक्सन प्रालिलाई ठेक्का पर्ने भएपछि कार्यालयका कर्मचारीले सजिव निर्माण सेवाको नाममा असार ७ गते आशयपत्र जारी गरेको भन्दै आवश्यक सूचनाका लागि उजुरी परेको हो । ठेक्कामा भएको अनियमितताका बिषयमा जानकारी लिन सूचनाको हक सम्बन्धी ऐन २०६४ अनुशार कार्यालयमा निबेदन दिएको राईले बताए । राईले दिएको सूचनाको हक सम्वन्धी निबेदन सिँचाई बिकास डिभिजन कार्यालयमा ४२० नम्बरमा दर्ता भएको छ ।
निबेदनमा छेपेखोला–खार्ते खोलाको ठेक्कामा संलग्न निर्माण व्यवसायीको बिल आफ क्वान्टिटी, ठेक्का खोलेको मुचुल्का र हाड कपीको अगाडि र पछाडि संलग्न प्रतिनिधिले गरेको हस्ताक्षर उपलव्ध गराउन माग गरिएको छ । एउटा निर्माण कम्पनीलाई पर्न लागेको ठेक्काको बिल अफ क्वान्टिटी परिवर्तन गरेर अर्कै निर्माण कम्पनीलाई ठेक्का पार्ने खेल भएकाले यतार्थ विबरण माग गरिएको निबेदक राईले जनाए । जिल्ला प्रशासन कार्यालयलाई निबेदनको बोधार्थ दिइएको छ । कार्यालयले १ करोड ९९ लाख ४५ हजार २७३ को आयोजनाका लागि गत बैसाख ९ गते सुचना प्रकाशित गरेको थियो । सिँचाई बिकास डिभिजन कार्यालयका प्रमुख हिमालय पौडेलले भने सबैभन्दा कम रेटमा ठेक्का हाल्ने निर्माण कम्पनीकै नाममा ठेक्का आशय दिइएको बताए ।
क्याप्सन : ठेक्काका बिषयमा जानकारी माग गर्दै सिँचाई बिकास डिभिजन कार्यालयमा परेको निबेदन । २०७५ असार १० राती ९ : २० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology