चिसाङ शेर्पा असार/७ खोटाङ,
खोटाङको याम्खामा बिजुली बत्ती बलेको छ । दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको साविक वडा नं. ५ स्थित रिखुवाटोलमा गत मंगलबारदेखी केन्द्रिय प्रशारण लाइनको बिजुली बत्ती बल्न थालेको हो ।
याम्खाको साविकका वडाहरु ७ र ८ का सबै ठाउँमा बत्ती बाल्नका लागि गाउँपालिकाको २५ लाख लगानीको रकमबाट रिखुवाटोलका ३० घरधुरीमा बत्ती बलेको गाउँपालिका प्रमुख भुपेन्द्र राइले जानकारी दिनुभयो । सोही रकमबाट चाडैं पोखरे जामुनेमा बत्ती बाल्ने योजना रहेको उहाँको भनाइ छ । बत्ती बाल्नका लागि स्थानियहरुले हाउस वायरिङ गरीसकेको छ ।
२५ लाखबाटै रिखुवा टोल, पोखरे जामुनेमा बत्ती बालेर याम्खाकै साविक वडा नं.७ खमारेमा बत्ती बाल्ने गाउँपालिकाको योजना छ । त्यसका लागि दुइवटा टोलमा बत्ती बालि सकेर बाँकी रकम र नयाँ आर्थिक वर्षबाट बजेट बिनियोजन गर्ने गाउँपालिकाले जनाएको छ । खमारेमा समेत बत्ती बलेपछि याम्खाको साविक वडा नं. ५ र ८ का लिलिमा र खामडाडाँमा बत्ती बल्न बाँकी रहनेछ ।
गाउँपालिकाको डाडागाउँ, छोरम्बुमा सबै ठाउँमा बत्ती बलिसकेको छ । टेम्माको सय घरधुरी र बतासेका अधिकांश स्थानमा बत्ती बल्न बाँकी छ । स–छितापोखरीको छितापोखरीमा मात्रै बत्ती बलेको छ । त्यस वडाको भने सामुदायिक विधुतीकरणले जिम्मा लिएको छ ।
२०७५ असार ७ दिउँसो ३ : ०० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology