चिसाङ शेर्पा असार/२ खोटाङ,
प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले दिक्तेलमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय खोटाङको आयोजनामा शनिबारदेखी पाँच दिने आधारभूत पत्रकारिता तालिम दिक्तेलस्थित होटल शुभदिनमा सुरुवात भएको हो ।
स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पु¥याउन नगरपालिकाभित्रका १५ वडाका प्रत्येक वडाबाट सहभागी गराई पत्रकारिता तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव उत्तम चौलागाँइले जानकारी दिए । तालिममा ३६ जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई जिल्लाका वरिष्ठ पत्रकारहरु कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, डिएम चाम्लिङ, उजुर राई, सुर्य तामाङ लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।
पाँच दिने आभारभूत तालिममा श्रव्य–दृश्य रुपमा पत्रकारिता तालिम सम्बन्धी जानकारी गराइने पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले बताए । तालिमको पहिलो दिन पत्रकार दिलीप खत्री, डिएम चाम्लिङ र उजुर राईले प्रशिक्षण दिनुभएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका गतीविधिलाइ क्षणभरमै पहिचान गराउने पत्रकारिता पेशालाइ निरन्तरता दिए तालिमको सार्थकता हुने मेयर दिपनारायण रिजालले बताउनुभयो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै मेयर रिजालले ‘समाज परिवर्तनमा पत्रकारिताको माध्यमबाट रखवारी, खवरदारी गर्न सहभागीलाई आग्रह गरे ।’
सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । नुनथला, जालपा, निर्मलीडाडाँ वडाबाट प्रशिक्षार्थी सहभागी नभएको महासंघले जनाएको छ ।
क्याप्सन : पत्रकारिता तालिममा सहभागी अतिथि तथा प्रशिक्षार्थीहरु, तस्विर चिसाङ शेर्पा २०७५ असार २ साँझ ६ : ४० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology