चिसाङ शेर्पा असार/१ खोटाङ,
खोटाङमा महिला अधिकार हनन्का घट्नाहरु विकराल रुपमा देखिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) खोटाङले जारी गरेको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा प्रस्तुत गरीएको प्रतिबेदनमा महिला अधिकार हनन्का घट्नाहरु उल्लेख्य रुपमा देखिएको हो ।
दिक्तेलस्थित श्रेष्ठ होटलमा शुक्रबार ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा इन्सेकले गएको पुस–१५ देखी असार–१ गतेसम्म संकलन गरेको विभिन्न तथ्यांक अनुसार महिला अधिकार हनन्बाट १८ जना महिला पीडित छन् । ६ महिनाको अवधिमा बलात्कार १ वटा, बलात्कार प्रयास १ वटा, बहुविवाह ३ वटा, घरेलु हिंसा ११ वटा, बोक्सी आरोपमा अमानवीय व्यवहार १ वटा र जातीय छुवाछुत विभेद घट्ना १ वटा भएको इन्सेक जिल्ला प्रतिनिधि सुनिता मगरले जानकारी दिइन् ।
यस्तै, बाल अधिकार हनन्मा ४ बालिका पीडित भएका छन् । जसमध्ये बलात्कारपछि १ जनाको मृत्यु, १ बालिका पीडित र यौनजन्य दुव्र्यवहारमा २ जना बालिका पीडित भएको समिक्षा कार्यक्रममा जानकारी गराईएको थियो । जिल्लाका राजनीतिक दल, पत्रकार, सञ्चारकर्मी, सरोकारवालाको उपस्थितीमा भएको अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमका वक्ताहरुले मानव अधिकार न्युनिकरणमा खुलेर लाग्नुपर्ने बताएका थिए । जिल्ला अदालत खोटाङका न्यायधिश तथा कार्यक्रमका प्रमुख अतिथि किशोर घिमिरेले जिल्लामा मानव अधिकारको समग्र वस्तुस्थिती सामान्य रहेको बताएका थिए ।
क्याप्सन : इन्सेक खोटाङद्धारा आयोजित अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रमका सहभागीहरु, तस्विर चिसाङ शेर्पा २०७५ असार १ साँझ ६ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology