• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिका भवन निर्माणको काम ६० प्रतिशत सकियो

गाउँपालिका भवन निर्माणको काम ६० प्रतिशत सकियो


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ ३० २०७५

  • फायल फोटो ।

    चिसाङ शेर्पा जेठ/३० खोटाङ,
    दिप्रुङ चुइचुम्मा गाउँपालिकाको भवन निर्माणको काम ६० प्रतिशत सकिएको छ । गाउँपालिका–५ स–छितापोखरीस्थित याङसोलाटारमा महिना दिन अघि निर्माण थालिएको सुविधायुक्त भवनको काम तीब्र रुपमा अगाडी बढेको हो ।

     

    याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा गाउँपालिकाले ६० लाख बजेटमा आफ्नै भवन बनाएको हो । निकट समयमा निर्माण सम्पन्न हुने भवनमा ९ वटा कोठा, १ वटा मिटिङ हल र ४ वटा शौचालय बाथरुम बन्ने इन्जिनियर देवेन्द्र आचार्यले जानकारी दिए ।

     

    तीन कन्य प्रावि विद्धालयको दुइ कोठे भवनमा कार्यालयगत कामकाज गरिरहेको गाउँपालिका स्थानिय सरकारको हकमा आफ्नै भवनमा सर्ने पहिलो गाउँपालिका हुने गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । दुइ नगरपालिका आठ गाउँपालिका रहेको खोटाङका अन्य नगरपालिका र गाउँपालिकाको कार्यालय भाडाको घरमा बस्दै आइरहेको छ ।
                                                                            २०७५ जेठ ३० गते साँझ ६ :१० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology