• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँदरका कारण किसान आजित

बाँदरका कारण किसान आजित

खेतैमा बास


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ ३० २०७५

  • चिसाङ शेर्पा जेठ/३० खोटाङ,
    बाँदरले दैनिक रुपमा अत्याधिक दुःख दिन थालेपछि स्थानियहरु दिनदिनै चिन्तित बन्न थालेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँ दोर्पाका सिङगो स्थानीयले बर्षभरीको खेतीपाती बाँदरले दैनिक नष्ट गर्न थालेपछि अन्नपातको सुरक्षाका लागि घरायसी उपायले केही नलागेपछि किसानहरु मर्कामाथी मर्कामा परेका हुन् ।

     

    तीनबर्ष यता बाँदरको बिकराल समस्या झेल्दै आएका स्थानियले स्थानिय प्रशासनमा समस्या राखे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । यसवर्ष मात्र बाँदरले अधिकांश दोर्पावासी किसानको अन्नवाली नष्ट गरेको छ । बाँदरले मकैको सुत्ला च्यात्ने, गहुं, कोदोको बिउ उखेल्ने, अलैची, आलु, धान, करेला, सुन्तला, कागती, केरा, घरैमा भएको मकैको झुत्ता समेत लाने गरेको छ । बाँदरले घरैमा भएको अन्नपात समेत लान थालेपछि स्थानियले बरुवा बन्दुक पड्काएरै भगाउन पाउनुपर्ने माग राखेको स्थानिय पदम हिङमाङले बताए ।

     

    बाँदरले मंगलबार मात्रै दोर्पाको सुमुरा टोलका स्थानिय गुर्धुम राईको ६, बुद्धि बहादुर राईको १, थाम बहादुर राईको १, ढाकमान राईको १ मुरी, जलकर्ण राईको १० पाथी सुत्ला मकै च्यातेर नष्ट पारेको छ ।  यस्तै, दोर्पा खरबारी टोलका दर्गा खनालको २ मुरी, दुम्लीका भिम बहादुर बुढाथोकीको ३० पाथी, डम्बर बहादुर बुढाथोकीको २ मुरी, उत्तर बढाथोकीको २ मुरी, बुबिरमान बुढाथोकीको २ मुरी, नन्दराम ढकालको १ मुरी, लेखनाथ ढकालको तीस पाथी, सहजित राईको करीब १५ पाथी र डम्बर राईको ५ मुरी फल्ने मकै बाँदरले सुत्ला च्यातेर नष्ट पारेको दोर्पाका स्थानिय हिङमाङले बताए । हिङमाङका अनुसार बाँदरले विगारको मकैको घाँस बस्तुभाउले समेत गन्हाएर नखाँदा किसानहरु चिन्तित बनेका छन् ।

     

    स्थानियका अनुसार साप्सु खोलादेखी सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकै माथी छहरे खोला र खरबारी ठाडो खोल्सी हुंदै पिप्लेसम्म बाँदरको बिगबिगी छ । माछाटोल हुंदै मार्से, दुम्लीको बुढाथोकी गाउँ, ढाडभारी, सिरानढुंगेमा पनि उस्तै विगविगी छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलका अनुसार बाँदरको समस्या जताततै भएको र बरुवा बन्दुक पड्काएर भगाउने कुरा कानुनमा नभएको बताउनुभयो । स्थानिय स्तरमै विभिन्न उपायहरु लगाएर बाँदर भगाउनु भन्दा अन्य विकल्प नरहेको उनले बताए ।

     

    यस्तै, दिपु्रङ चुइचुम्मा गाउँपालिकाको सबै वडामा बाँदरले उस्तै दुःख दिने गरको छ । याम्खास्थित साविक बारलाङमा ३ सय रोपनी, याम्खाकै अन्य स्थानमा ८ सय रोपनीमा लगाएको अलैची नष्ट गरेको स्थानिय मेघ कुमार खत्रीले बताए । पालिकाको टुकुरेखोला, साप्सुदोभान, छितापोखरी त्रिवेणीचोक, स्यालगौडे चोक, याम्खाको खमारे, टुवाखोला, दिप्लुङ तावाखोला, टेम्माको खाम्ला पुछारदेखी बाँदर आउने गरेको उहाँको भनाई छ ।

     

    समग्रमा स्थानियहरुले सम्बन्धित निकायले बाँदर नियन्त्रण गर्नुपर्ने, अन्नबालीको क्षतिपुर्ती पाउनुपर्ने नत्र आफैले बन्दुक पड्काएर बगाउन पाउनुपर्ने किसानहरुको माग छ । आफ्नो खेतीपाती जो गर्नका लागि अहिले किसानको खेतैमा बास हुने गरेको छ ।
                                                                      २०७५ जेठ ३० दिउँसो १ :५० बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology