• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार

दक्षिणी भेगका लागि छोटो दुरीको सडक तयार


चिसाङ शेर्पा
  • मंगलबार, जेष्ठ २९ २०७५

  • चिसाङ शेर्पा जेठ/२९ खोटाङ,
    जिल्लाको दक्षिणी भेगबाट दिक्तेलसम्म आइपुग्ने छोटो दुरीको मोटरबाटो तयार भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने सबैभन्दा छोटो दुरी सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न सँगै सडक तयार भएको हो । नगरपालिका–४ खाल्ले आहाले हुंदै दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाको सिमाना साप्सुखोला वारीसम्मको ८ किलोमिटर सडकको मंगलबार ट्रयाक खोल्ने काम सम्पन्न भएको साप्सु खोलादेखी मनमाया राई विमानस्थल सडक उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र राईले जानकारी दिनुभयो ।

     

    गाउँपालिकाको २४ लाख लगानीमा गएको बैशाख ७ गतेदेखी निर्माण थालिएको ड्रेन सहित ५ मिटर चौडाइ भएको सडक सुचारुसँगै अब दिक्तेल खानीडाडाँ आहाले–याम्खा हुदैं याम्खास्थित रातमाटामा रहेको ¥यापको सडकमा जोडिने छ । याम्खा पुछार साप्सुखोला–याम्खा रातमाटासम्म पहिले नै सडक तयारी भइ साना गाडी तथा ट्याक्टर गुडिरहेको छ ।

     

    उक्त नयाँ सडक सुचारु पश्चात दक्षिणी भेगका स्थानियलाइ मनमाया राई खानीडाडाँ विमानस्थल प्रयोग गर्न तथा दिक्तेल, काठमाण्डौ जान आउन अधिक छिटो र सहज हुने अनुमान गरिएको छ । हालका लागि साप्सुखोलामा अस्थाइ पुल बनाइने गाउँपालिकाले बताएको छ ।

     

    यसअघि स–छितापोखरीको टुवाखोला–दिक्तेल सडक खण्डको साकेला गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सिमानामा पर्ने तावाखोलाको अस्थाइ सडक गएको बैशाखमा भलवाढीले बगाइ दिएपछि बिकल्पमा उक्त नयाँ सडक खोलिएको हो । तावाखोलामा पक्की पुल बनाउने शर्तमा साकेला गाउँपालिकाले चासो नदेखाएपछि गाउँपालिकाले दक्षिणी भेगका स्थानियहरुको सुविधाका लागि एकलौटी ठूलो बजेटमा खानीडाडाँ आहाले र याम्खा जोड्ने सडक तयार गरेको हो ।

     

    दिक्तेल सहित अन्यलाई यात्रामा सहज हुने सडक खन्नलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँग सल्लाह गरे पनि  नगरपालिकाले रकम बिनियोजन नगरेको दिपु्रङ चुइचुम्मा गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । नगरपालिकाले आफ्नै जग्गामा सडक खन्दा समेत रकम बिनियोजन गरेन । उहाँले भन्नुभयो, “तर हामीले आफ्ना पालिकावासीको सेवा सुविधाका लागि अरुकै पालिकामा सडक तयार गरेरै छोड्यौ । यो उहाँहरुको लागि चुनौती र नैतिक दबाव हो ।”

    क्याप्सन : खानीडाडाँ आहाले–साप्सुखोला जोड्ने छोटो दुरीको सडक, तस्विर चिसाङ शेर्पा, २०७५ जेठ २९ गते साँझ ७ः २० मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology