चिसाङ शेर्पा जेठ/२० खोटाङ,
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा ८२ घरधुरी लाभान्वित हुने खानेपानीको उद्घाटन गरिएको छ । ढाल्ने फेद टुकुरे खोलाको एकै मुहानबाट याम्खाका घरघरमा पुग्ने खानेपानीको शनिबार गाउँपालिका प्रमुख भुपेन्द्र राई, उपप्रमुख सपना राईले मुहान पूजा र खानेपानीको गेडभल्व खोलेर संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
गाउँपालिकाबाट आर्थिक वर्ष २०७४/०७५ मा स्वीकृत २० लाख बजेटबाट गएको फागुन १५ देखी निर्माण सुरु योजनाको इन्टेक, याम्खा रातमाटासम्म पाइप गाड्ने काम सकिएको खानेपानी योजनाका अध्यक्ष बालजीत राईले जानकारी दिनुभयो । यहि आर्थिक वर्षमा सकिनुपर्ने खानेपानी योजना सकिन थप याम्खाको रातमाटामा रिर्जभ ट्याङकी बनाउन र उपभोक्तासम्म पाइप लाइन बिस्तार गर्न बाँकी छ ।
खानेपानीको समस्या झेल्दै आएका याम्खावासीका लागि गाउँपालिकाले दिएको योजनाबाट रकम अपुग भए गाउँपालिकाले थप सहयोग गर्ने गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताउनुभयो ।
यस्तै, शनिबार नै गाउँपालिकाले सञ्चमाया राई ग्रामिण सडक हुंदै खामडाडाँ लिपिदोभान सडकको अनुगमन गरेको थियो । गाउँपालिकाको ६ लाख लगानीमा निर्मित सडकको गाउँपालिका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत बुकु प्रसाद आचार्य, लेखापाल बाबुराम आचार्य लगायतले अनुगमन गरेका हुन् ।
क्याप्सन : खानेपानीको उद्घाटन गर्नुहुदै गाउँपालिका प्रमुख तथा उपप्रमुख, तस्विर चिसाङ शेर्पा, २०७५ जेठ २० दिउँसो १ : २५ मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology