• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माणको काम सुरु

‘ला ज्यालो वाङ थोप’ गुम्बा निर्माणको काम सुरु


चिसाङ शेर्पा
  • बुधबार, जेष्ठ १६ २०७५

  • चिसाङ शेर्पा जेठ/१६ खोटाङ,
    खोटाङको नुनथलास्थित ‘ला ज्यालो वाङ थोप’ गुम्बाको निर्माण कार्य सुरु भएको छ । बौद्ध धर्मावलम्बीहरुका लागि मध्यनजर राख्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नुनथला–१३ साविक–९ भञ्ज्याङ संसारीडाडाँमा बन्ने बिशाल गुम्बाको विधिवत रुपमा निर्माण कार्य सुरु भएको हो ।

     

    नगरपालिकाको क्रमागत बजेट र दातृ निकायहरुको सहयोगमा २१ करोडको लागतमा निर्माण हुने गुम्बाको बुधबार नुनथलाका वडाध्यक्ष भीम राईले उद्घाटन गर्नुभएको छ । नगरपालिकाबाट ६ लाख ६४ हजार २ सय ६८ रुपैयाँ पहिलो किस्ता रकम निकासा भएको र अब गुम्बा निर्माणका लागि फण्डिसनको काम सुरु हुने गुम्बा निर्माण उपभोक्ता समितिका सचिव मणि लामाले जानकारी दिए ।

     

    नुनथलाका स्थानिय तथा गुम्बा व्यवस्थापन समिति अध्यक्ष मेनुका तामाङ राईले निःशुल्क प्रदान गरेको १ रोपनी ७ आना १ पैसा ३ दाम जग्गामा बन्ने गुम्बामा नुनथलाका बौद्ध धर्मावलम्बी सहित आसपासका गाउँपालिका, नगरपालिकाको सेवाग्राहीले सेवा लिन सकिने गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङले बताउनुभयो ।

     

    निर्माणपछि गुम्बाभित्र सिठो लजोको १ सय र बौद्धधर्मसँग सम्बन्धित अन्यगरी १ सय ८ वटा मूर्ति रहने छ । बौद्ध धर्ममा माटोको मूर्ति पबित्र हुने धार्मिक परम्परा अनुसार गुम्बाभित्र सबै मूर्ति माटोको राखिने गुम्बा निर्माण उपभोक्ता समितिले जनाएको छ ।

                             क्याप्सन : निकट समयमा निर्माण हुने गुम्बाको स्केच २०७५ जेठ १६ गते साँझ ७ :५५ बजे प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology