चिसाङ शेर्पा जेठ/१६ खोटाङ,
खोटाङमा अझै हप्ता दिन बढी बिधुत निरन्तर नआउने भएको छ । केन्द्रिय विधुत प्रशारण लाईनको ३३ केभी लाइनमा मर्मत कार्य सकिन अझै हप्ता दिन बढी लाग्ने हुनाले विधुत निरन्तर नआउने भएको हो ।
उदयपुरको गाइघाटदेखी खोटाङको बुइपा सव स्टेशनसम्म ३३ केभी लाइनको सडक आसपासका पोल अन्यत्र सार्ने, पहिलेदेखी नै जंगलमा बिग्रिएका पोल मर्मत गर्ने, त्यसका डिसपीन फेर्ने,च्यानलहरु मर्मत गर्नुपर्ने भएकाले हप्तादिन बढी दिउँसोको समयमा विधुत कटौती हुने विधुत प्राधिकरण दिक्तेल शाखाले जनाएको छ ।
गाईघाट बुईपा सव स्टेशन लामो रुट र जंगलै जंगलबाट विधुत विस्तार हुंदा पटक–पटक अबरुद्ध बिधुतलाई नियमित गराउन दिउसोको समय बत्ती कटाएर धमाधम काम भइरहेको निमित्त कार्यालय प्रमुख धनेश्वर मण्डलले बताए । बर्षात र हावाहुरी चल्ने वितिक्कै बत्ती जाने गरेको छ । उहाँले भन्नुभयो, “हामी त्यसैको समाधानका लागि काम गरीरहेका छौ ।”
बिकल्पमा प्राधिकरणले ओखलढुंगाको मुलुङ खोलाको विधुत उपभोग गर्दै आएका छन् । खोटाङमा साविकका ४० गाविसमा विधुत बलिरहेको छ । ११ हजार बढी यसका ग्राहक रहेका छन् ।
क्याप्सन : बुइपामा रहेको विधुतको सव स्टेशन, तस्विर चिसाङ शेर्पा, २०७५ जेठ १६ गते मध्यान्ह १२ : ३५ बजे प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology