समायोजन खबर जेठ/१४ खोटाङ,
इस्ट टुरिजम मार्ट–२०१८ लाई फलदायी बनाउनका लागि नेपाल पर्यटन बोर्डले प्रदेश नम्बर १ भित्रका पर्यटन व्यवसायीलाई टुरिजम प्रोडक्ट प्याकेजिङ एण्ड मार्केटिङ तालिम दिएको छ । आगामी जेठ २४ देखि २६ गतेसम्म धरानमा हुने इस्ट टुरिजम मार्टमा आउने नेपाल तथा नेपाल बाहिरबाट आउने पर्यटन व्यवसायीलाई आ–आफ्नो क्षेत्रको प्याकेज बेच्न सक्ने क्षमता बिकासका लागि पर्यटन बोर्डले पुर्वका पर्यटन व्यवसायीलाई दुई दिने तालिम दिएको हो ।
इस्ट टुरिजम मार्टमा सहभागी हुने प्रदेश नम्बर १ भित्रका जिल्लाका पर्यटन व्यवसायीलाई सहभागी गराएर तालिम आयोजना गरिएको सहजकर्ता एवम् तालिम संयोजक एलिना मगरले बताईन् ।धरानमा आयोजित टुरिजम प्रोडक्ट प्याकेजिङ एण्ड मार्केटिङ तालिममा प्रदेश नम्बर १ बाट सोलुखुम्बु बाहेक १३ जिल्लाको पर्यटन व्यवसायीको सहभागिता रहेको थियो । तालिममा सहभागी पर्यटन व्यवसायीले आफ्नो क्षेत्रको पर्यटन प्याकेज निर्माण गर्ने दक्षता हाँसिल गरेको आयोजकको दाबी छ ।
सहभागी पर्यटन व्यवसायीले आ–आफ्नो जिल्लामा पर्यटकलाई घुमाउनका लागि टुरिजम प्याकेजिङ तयार पारेको बताएका छन् । तालिमले आफ्नै जिल्लामा भएका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकलाई घुमफिर गराएर पर्यटन प्रवद्र्धन गर्ने सीप प्राप्त भएको खोटाङबाट सहभागी भएका पर्यटन व्यवसायी जयराम गिरीले बताए । गिरीले पाँच दिनभित्र पर्यटकलाई धरानको बुढासुव्वा, बराहक्षेत्र, उदयपुरको रौता, दिक्तेल, मझुवागढी, भुल्के हुँदै हलेसी पु¥याएर पुःन धरानसम्मै फर्काउने नक्शासहितको रुटको खाका तयार पारेर प्रस्ताव गरेका छन् । ‘पर्यटन व्यवसायमा लागे पनि हामीलाई टुरिजम प्याकेजिङको कुनै आइडिय थिएन,’ गिरीले भने, ‘तालिमले टुरिजम प्याकेजिङ र मार्केटिङमा केही गर्ने उत्साह मिलेको छ ।’ पुर्वी नेपालको पर्यटन व्यवसाय प्रवर्धन र बिकासका लागि पुर्वका पर्यटन व्यवसायीले इस्ट टुरिज्म मार्टको आयोजना गरेको हो ।
यस्तै, इस्ट टुरिजम मार्टको प्रचार–प्रसारमा सोमबार भारतका विभिन्न सहर पुगेका पुर्वका पर्यटन व्यवसायी फर्केका छन् । पुर्वका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीसँग मार्टको विषयमा छलफल गर्दै प्रदेश नम्बर १ भित्र रहेका पर्यटकीय सम्भावनाका विषयमा जानकारी गराएको जनाइएको छ । बिहारको कटियार, पूर्णिया र किसनगञ्ज साथै पश्चिम बंगालको सिलीगुढी र जयगाउँ, सिक्किमको गान्तोकमा प्रचार–प्रसारका कार्यक्रम गरिएको सेल्स मिसन कार्यक्रमका संयोजक वासुदेव बरालले बताए ।
२०७५ जेठ १४ गते साँझ ८ :३० मा प्रकाशित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology