• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

किन छाड्रयेा फेारमले ससंशोधनको मुद्दा, यस्तेा छ कारण

किन छाड्रयेा फेारमले ससंशोधनको मुद्दा, यस्तेा छ कारण


समायोजन खबर
  • सोमबार, जेष्ठ १४ २०७५

  • १४ जेठ,काठमाडैा । सङ्घीय समाजवादी फोरमले संविधान निर्माणदेखि नै असन्तुष्ट जनाएर संशोधनको माग निरन्तर उठाउँदै आएको थियो । तर, आइतबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेट भएपछि फोरम अध्यक्ष उपेन्द्र यादव एकाएक बदलिए । संशोधनको मागलाई थाती राखेर फोरम सरकारमा जान तयार रहेको वार्तामा सहभागी स्रोतले जनायो ।

    प्रधानमन्त्री ओली र नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतासँग छलफलपछि फोरमले नीति तथा कार्यक्रममाथि हालेको संशोधन फिर्ता लिएको र सरकारमा पनि सहभागी हुने सङ्केत देखाएको स्रोतको भनाइ छ । फोरम यसै साता सरकारमा सहभागी हुने नेकपाका एक नेताले जानकारी दिए ।

    नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आइतबार प्रधानमन्त्री ओलीले जवाफ दिनुअघि बिहान फोरम अध्यक्ष यादव बालुवाटार पुगेर ओलीसहित पुष्पकमल दाहाललाई भेटेका थिए ।

    वार्तामा सहभागी नेकपा एक नेताका अनुसार प्रधानमन्त्री ओलीले मधेसकेन्द्रित दलहरूलाई पनि सरकारमा सहभागी गराउने प्रक्रिया शुरु गर्नुभएको छ । फोरम अध्यक्षसँग छलफलपछि संसद्मा जवाफ दिने क्रममा ओलीले संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भन्दै सकारात्मक धारणा राखेकोको फोरम सरकारमा जान तयार देखिएको स्रोतको भनाइ छ ।

    उता संविधान संशोधनबिना राष्ट्रिय जनता पार्टी नेपाल भने सरकारमा नजाने निर्णय गरेको छ । संशोधनबिना सरकारमा जाने आफ्नो कुनै योजना नरहेको राजपा नेपालका नेता अनिल झाले जानकारी दिए । प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफमा राजपाले चित्त बुझाएको छैन । वामपन्थी सरकारले मधेसकेन्द्रित दलहरूलाई पनि सहभागी बनाएर दुईतिहाइ पु¥याउने पहल सरकार गठन भएदेखि शुरु गरेको थियो ।-घटना र विचारबाट

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology