चिसाङ शेर्पा जेठ/१२ खोटाङ,
दिक्तेलमा किरातीहरुको महान चाड उभौली साकेला पर्व धुमधामका साथ मनाईएको छ । साकेला उभौली २०७५ किरात यले सम्बत ५०७८ को अवसरमा जिल्लाका किराती समुदाय एक आपसमा जम्मा भइ साकेला सिली प्रर्दशन गर्दै उभौली साकेला मनाएका हुन् ।
किरात राई यायोख्खा र किरात सेवा समाजको आयोजनामा शनिबार दिक्तेलको रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा किराती समुदायले साँस्कृतिक झाँकी प्रर्दशन सहित जिल्लाका ७ टिम समुहले आ,आफ्नो साकेला सिली प्रर्दशन गरेका छन् ।
भाईचारा, सदभाव, प्रेम, स्नेह बढाउन महत्वपुर्ण भूमिका खेल्ने उभौली साकेलामा दर्जनौ किराती समुदायका बृद्धबृद्धा, युवायुवती, वालवालिकाले साकेला नाचेर उभौलीको विदाई गरिएको किरात राई यायोख्खा खोटाङका सचिव युगसन किरातीले जानकारी दिनुभयो किरातीका अनुसार आजैदेखी ‘साकेला सिली संरक्षण’ अक्षयकोष सुरु गरिएको छ ।
उभौलीमा अन्नबाली सप्रियोस, खोला नाला बढ्ने हुंदा भल पहिरोबाट जोगाई दिनुहोस, अनिष्ट हटेर जाओस, सुस्वास्थ्यको कामना र अनिकाल हटेर सहकाल होस भनि किरात मुन्धुम अनुसार साकेला नाच्दै (धामी) नछुंङले भूमि पुज्ने र आर्शिवाद माग्ने चलन छ । किराती समुदायले बैशाखे पुर्णिमा(बुद्ध जयन्ती) देखी महिनादिन उभौली साकेला मनाउने परम्परा रहेको छ । ढोल, झ्याम्टा, चम्मर (पोेमी) सेउली फुर्का हातमा लिई किराती भेषभुषामा सजिएर गोलवन्द भई किराती समुदायले साकेला नाच्ने गर्दछ ।
क्याप्सन : फायल फोटो, प्रकाशित मिति : २०७५ जेठ १२ साँझ ७ :०५ बजे
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology