• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँदरका कारण खेतैमा बास

बाँदरका कारण खेतैमा बास


चिसाङ शेर्पा
  • शुक्रबार, जेष्ठ ११ २०७५

  • चिसाङ शेर्पा जेठ/११ खोटाङ,
    लगाएको मकैबाली बाँदरले नष्ट बनाइ दिएपछि स्थानिय चिन्तित बनेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ चिउरीडाडाँको सल्लेडाडाँ बाइसेमा स्थानिय किसानले खेतबारीमा लगाएकोे सुत्ला आउदै गरेको ५२/५३ भारी मकै बाँदरले च्यातेर नष्ट गरेपछि स्थानिय चिन्तित र आक्रोश बनेका हुन् ।

     

    गत सालदेखी नै समस्या झेल्दै आएका किसानले यस पटक पनि बाली भित्र्याउन नपाउदै उक्त समस्या भोग्नुपरेको छ । बुधबार स्थानिय जंगलदेखी आएको बाँदरले सल्लेडाडाँ बाइसेका स्थानिय सिताराम आचार्य र कमल निरौलाकोे खेतको १५/१५ भारी, शिवहरी आचार्यको १२ भारी सुत्ला भएकै मकै नष्ट गरिदिएको स्थानिय पदम हिङमाङले जानकारी दिनुभयो ।

     

    यस्तै, असुरेस्थित खड्ग नारायण प्रधानको ७ भारी, पदम हिङमाङको ३ भारी र परिमान विकको घरैमा झुत्ता पारी राखेको मकै पनि बाँदरले लगेको छ । पिडित हिङमाङका अनुसार बाँदरले छोएको मकै बस्तुभाउले समेत गन्हाएर नखाने हुनाले दोर्पाली मारमा परेको गुनासो गरे । उनले भने, “दिनमा बाँदरले र राती दुम्सीले मकै नष्ट गरेपछि बाँकी मकै जोगाउन खेतैमा बास भएको छ ।”

     

    स्थानियका अनुसार साप्सु खोलादेखी सुर्केसम्म खोलाको जंगल, साप्सु खोलाकै माथी छहरे खोला र खरबारी ठाडो खोल्सी हुंदै पिप्लेसम्म बाँदरको बिगबिगी छ । माछाटोल हुंदै मार्सेमा पनि उस्तै विगविगी छ । स्थानियले बालीनाली रक्षाका लागि बाँदर मार्न दिनुपर्ने अथवा नियन्त्रणका उपायहरु अपनाउनु पर्ने नत्र सम्बन्धित पक्षले क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् ।

     

    गएको वर्ष स्थानिय सरकार आइसकेपछि नगरपालिकामा बाँदर नियन्त्रणका लागि छलफल र बजेट छुट्याउने कुरा भएको तर, बजेट बिनियोजन नभएको चिउरीडाडाँका वडाध्यक्ष महन्त कुमार राईले बताउनुभयो । बाँदरले ज्यादती नै गर्ने गरेको छ । उहाँले भन्नुभयो,“अब नगरपालिकाबाट बजेट बिनियोजन नभए नियन्त्रणका लागि वडाबाट नै बजेट बिनियोजन गर्नेछौ ।”  पिडितहरुका अनुसार सोही विषयमा गएको वर्ष स्थानिय जिल्ला प्रशासनमा गुनासो सहित बैठक बसेपनि कुनै लछारपाटो नलगाएको दुखेसो गरेका छन् । खोटाङका अधिकांस स्थानको अन्नबालीमा बाँदरले क्षति पु¥याउने गरेको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology