• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

मुढेका चार स्थानीयद्धारा गुम्बा पुःर्ननिर्माणका लागि निशुल्क जग्गा प्रदान

मुढेका चार स्थानीयद्धारा गुम्बा पुःर्ननिर्माणका लागि निशुल्क जग्गा प्रदान


समायोजन खबर
  • बुधबार, जेष्ठ ९ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर जेठ/९ खोटाङ,

    खोटाङमा भूकम्पका कारण प्रयोगमा नआउँदै भत्किएको गुम्बा पुःर्ननिर्माणका लागि चार स्थानीयले निशुल्क जग्गा दिएका छन् । प्रयोगमा नआउँदै २०७२ साल जेठ १२ गतेको भूकम्पले पूर्णरुपमा क्षतीग्रस्त बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल मुढेस्थित थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा पुःर्ननिर्माणका लागि स्थानीयले २५ लाख बराबरको जग्गा निशुल्क दिएका हुन् ।

     

    भूकम्पका कारण भत्किएको गुम्बाको ठाउँमा अर्को नयाँ गुम्बा निर्माणका लागि स्थानीय दाफुरी शेर्पाले १ रोपनी ५ आना ३ पैसा २ दाम, पेम्बा शेर्पाले १ रोपनी २ आना २ पैसा, ङतरे शेर्पाले १ रोपनी १ आना २ पैसा र फुरी शेर्पाले १ रोपनी १ आना जग्गा निशुल्क दिनुभएको हो । जग्गादाताले जिल्ला मालपोत कार्यालयमार्फत गुम्बाको नाममा जग्गा पास गरिदिएको थेकछोक मिन्ट्रोल सम्तेन छोलिङ्ग गुम्बा समितिका सचिव पेमादोर्ची शेर्पाले बताउनुभयो ।

     

    दिक्तेल मुढे, पैंया, हुर्लुङ्ग, सोती, खार्मी, नुनथलाका सय घर लाभान्वित हुने भनिएको गुम्बा प्रयोगमा नआउँदै भत्किएपछि मुढेमा करिब एक करोडको लागतमा अर्को गुम्बा बनाउन लागिएको हो । पहिलाको भन्दा ठूलो गुम्बा निर्माणका लागि स्थानीयबाट आवश्यक जग्गा जुटाइएको हो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology