चिसाङ शेर्पा जेठ/५ खोटाङ,
नेपाल स्वास्थ्यकर्मी संघ खोटाङको अध्यक्षमा प्रकाश घिमिरे चयन हुनुभएको छ । नेपाल स्वास्थ्यकर्मीको सातौं जिल्ला अबिधेशनले घिमिरेलाई अध्यक्षमा चयन गर्दै ११ सदस्य समिति गठन गरेको छ ।
नेपाल निजामती कर्मचारी युनियन संघको कार्यालयमा शनिवार भएको अबिधेशनले खुल्ला उपाध्यक्षमा खेमराज आचार्य, महिला उपाध्यक्षमा मिठु खड्का, सचिव सन्तोष दाहाल, कोषाध्यक्ष महमत मन्सुरीलाई सर्वसम्मत चयन गरेको हो । यस्तै, मेनुका आचार्य, रत्ना वुढाथोकी, मिलन मिश्र, श्याम फूयल, महेश प्रसाद शाह र परमानन्द ठाकुरलाई सदस्यमा छनौट गरेको हो ।
अबिधेशनले हलेसी तुवाचुङ नगरपालिकाबाट कृष्ण रानाभाट, जन्तेढुंगा गाउँपालिकाबाट डिकेन्द्र राना क्षेत्री, किरण राई, ऐंसेलुखर्क गाउँपालिकाबाट ओमजंग शाही, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेलबाट दिनेश घिमिरे, जिल्ला अस्पतालदेखी संगिता जगेवु, महिला स्वयंम सेविकाबाट चित्रा कुमारी आचार्यलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । आठ सदस्य केन्द्रिय प्रतिनिधि बनाउनुपर्नेमा निकट समयमा बराहपोखरी गाउँपालिकाबाट समेट्ने गरी हाललाई सात सदस्य केन्द्रिय प्रतिनिधि बनाईएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाको दुर्गम स्थानमा बसेर स्वास्थ्य सेवा दिईरहने स्वास्थ्यकर्मीको हकहितका लागि सम्बन्धित निकायमा आवाज उठाउने कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य हिरा गुरुङले बताईन् । कर्मचारी समायोजन नियमावली २०७४ पारित भइसकेको अवस्थामा त्यो हुबहू लागू हुनुपर्ने उहाँको धारणा थियो । उहाँले भन्नुभयो,“ स्वास्थ्यकर्मीको सम्पुर्ण सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ सहित नेपाल स्वास्थ्यकर्मी संघ केन्द्रिय उपमहासचिव योगेन्द्र पन्जीयार, नेपाली कांग्रेसका क्षेत्रिय सभापति तीर्थराज भट्टराई लगायतको उपस्थिती रहेको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology