चिसाङ शेर्पा जेठ/४ खोटाङ,
गाउँगाउँमा स्थानिय सरकार पुगेपछि हरेक दृष्टिकोणले सदरमुकाम दिक्तेल बजार सुनसान बन्न थालेको छ । मुलुक संघिय संरचनामा गईसकेपछि सदरमुकामका व्यापार व्यवसाय सबैभन्दा धेरै खस्केको छ । दुइ नगरपालिका आठ गाउँपालिका स्थापित भईसकेपछि जिल्ला केन्द्रित अधिकांस सेवा सुविधा गाउँ स्तरमै पाउन थालेपछि दिक्तेल बजार आउने मानिसको चाप घटेर दिक्तेल बजार सुनसान बन्दै गएको हो भने, व्यापार, व्यवसायमा ह्रास आएको छ ।
स्थानिय सरकारको अलवा यातायात सुविधाका कारण किनमेल गर्न अधिकांस मानिसहरु दिक्तेलभन्दा बाहिर जान थालेकाले पनि दिक्तेल बजारको व्यापार व्यवसायमा गिरावट आउन थालेको दिक्तेलका व्यापारीहरुले बताएका छन् । व्यापार व्यवसायलाई पहिलाकै स्थानमा फर्काउन दिक्तेल बजारका व्यावसायलाई होलसेल बजारको रुपमा विस्तार गर्ने योजना रहेको खोटाङ उधोग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । त्रिधार्मिक स्थल हलेसी आउने पर्यटकमध्ये १०/१५ प्रतिशत दिक्तेल ल्याउन सके बजार पुर्नअवस्था फर्किने छ । उहाँले भन्नुभयो, “दिक्तेललाइ पर्यटकीय गन्तब्य स्थान बनाउने सोच बनाएका छौ । त्यसका लागि कालिकादेबी भगवती मन्दिरलाई हलेसीसँग जोड्ने प्रयासमा छौ ।”
हाल दिक्तेलमा नेपाली नागरिकताको परिचयपत्र, पासफोर्ट, जग्गाधनी पुर्जा, न्यायिक कामकाज, प्रहरी, बैंकीङ गतिबिधि, विधुत बिल लगायतका कामका लागि मात्रै मानिसहरु जिल्ला आउने गरेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology