चिसाङ शेर्पा जेठ/२ खोटाङ
दिक्तेलमा हाई स्पीडको ईन्टरनेट सुरुवात भएको छ । जिल्लाभरीका आम मानिसले सहज रुपमा प्रयोग गर्न सक्नेगरी ‘वेब सरफर नेपाल’ नामक ईन्टरनेट जिल्लामा सुरुवात भएको हो ।
ईष्ट हिमालयन ईन्टरप्राईजेज दिक्तेलले आफू रिसेलर रहेर मंगलबारदेखी सस्तो तथा सुलभ मुल्यमा वेब सरफर नेट सञ्चालनमा ल्याएको दिक्तेलस्थित रिसेलर सञ्चालक अजय बस्नेतले जानकारी दिए । हामीले सस्तो र हाई स्पीडमा चल्ने नेट भित्र्याएका हौ । सुरुवातीदेखी नै ग्राहकको माग राम्रो छ । सञ्चालक बस्नेतले भने, “हाललाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका देखी नेट सुरु भएको छ । निकट समयमा जिल्लाभरी सञ्जाल बिस्तार गर्छौ ।”
सञ्चालनमा आएको ईन्टरनेट मासिक न्युनतम १ हजार २ सयदेखी ४ हजार रुपैयाँमा अनलिमिटेड नेट प्याकेज लिन सकिनेछ । गाउँ, वडा कार्यालय, विभिन्न संघसंस्था, कार्यालय, विद्धालयलाई प्राथमिकतामा राखेर दिक्तेलदेखी नयाँ ईन्टरनेट सुरु गरीएको रोशिष साइबर एण्ड फोटोकपीका सञ्चालक तथा वेब सरफर ईन्टरनेटका वजार व्यवस्थापक रुपेश वजिमयले बताउनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology