चिसाङ सेर्पा जेठ/१ खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनाधिकृत घर टहरा भत्काउन निर्देशन गरेको छ । नगरपालिका भित्रका सार्वजनिक जग्गा मिचेर व्यापार, व्यवसाय गर्दै आएका आम सर्वसाधरणलाई मंगलबार सुचना निकालेर १५ दिनमा स्वस्फुर्त घर, टहरा हटाउन निर्देशन गरेको हो ।
नगरपालिका भित्रका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर, टहरा निर्माण कार्य तीव्ररुपमा भएको भन्दै त्यसलाई न्यूनिकरण गर्नका लागि नगरपालिकाले नगर क्षेत्रभित्र अतिक्रमण गरेर निर्माण गरिएका अनाधिकृत घर तथा टहरा जेठ १५ सम्म हटाउन सुचना मार्फत निर्देशन गरिएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिनुभयो ।
हामीले मापदण्ड मिचेर निर्माण गरेका घर तथा टहराहरु हटाउन भनेका छौ । १५ दिने सुचनासँगै हामी लागत पनि संकलन सक्छौ । मेयर रिजालले भन्नुभयो, “तोकेको समयमा भत्काउनु भएमा आफ्नो सामान आफैले लैजान पाउनु हुन्छ । अन्यथा डोजर लगाए भत्काउछौ सामग्रीहरु डोजर कम्पनीले लानेछ ।”
नगरलाई सुन्दर बनाउँदै सार्वजनिक सम्पतिको रक्षाका निम्ति नगरपालिका भित्रका घर तथा टहरा हटाउँने कार्यमा जस्तोसुकै चुनौतीको पनि फेस गर्न तयार रहेको मेयर रिजालको भनाई छ । सवैभन्दा बढी दिक्तेल बजारमा अनाधिकृत रुपमा घर टहरा रहेको छ । यसअघि धार्मिक तथा पर्यटकिय क्षेत्र हलेसी आसपासमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका टहराहरु डोजर लगाएर हटाईएको थियो । हलेसीको पर्यटन प्रवद्र्धनमा अतिक्रमित घर तथा टहरा बाधकका रुपमा देखिएपछि २५ भन्दा बढी टहरा हलेसी तुवाचुङ नगरपालिकाले हटाएको थियो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology