चिसाङ शेर्पा बैशाख/३१ खोटाङ,
अनुप स्मृति गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा च्याम्पियन बनेको छ । फाईनलमा अत्यन्तै प्रर्तिस्पर्धात्मक खेलेका बुइपा सेवा समाज बुइपालाई ट्राइबेकरमा ६–५ गोल गर्दै नेर्पा च्याम्पियन बनेको हो । निर्धारित समयमा दुबै समुहबाट २/२ गोल भएपछि खेल ट्राइबेकरमा गएको थियो ।
‘खोटाङमा व्यावसायिक फुटवलको विकास पर्यटन र व्यापार प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने नाराका साथमा गतवर्ष देखी सञ्चालित गोल्डकपको दोश्रो संस्करणको च्याम्पियन नेर्पाले नगद रु १ लाख ५१ हजार १११ र उपविजेता बुइपा सेवा समाज बुइपाले ७५ हजार ५५५ रुपैयाँ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गएको बुधबारदेखी दिक्तेल रत्नपार्कस्थित माटिकोरे खेलमैदानमा जारी प्रतियोगितामा भोजपुर नगरपालिका भोजपुर र फ्रेण्डसीप यातायात सेवा काठमाण्डौ सेमिफाईनलिस्ट भएका छन् । सेमिफाईनलिस्ट दुई टिम समुहले नगद रु २५/२५ हजार पुरस्कार पाएको अनुप स्मति गोल्ड कपका खेल संयोजक यूधिर शाक्यले बताउनुभयो ।
प्रतियोगितामा नेर्पाका विकेश श्रेष्ठ उत्कृष्ट गोलकिपर, नेर्पाकै अर्जुन रोक्का उत्कृष्ट डिफेन्स, बुइपा सेवा समाज बुइपाका सूजल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, बुइपाकै तेज राई उत्कृष्ट स्ट्राइकर, आयोजक टिमका वर्तमान राई सर्वाधिक गोलकर्ता, नेर्पाका सूनिल तामाङ मेन अफ द टुनामेन्ट, नेर्पाका सरद राई वेष्ट कोचले नगद ५/५ हजार तथा दिक्तेल फुटबल क्लब आयोजक अनुशासित टिम समुहले ५ हजार २२५ रुपैयाँ नगद पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । विजयी टिम समुह तथा उत्कृष्ट खेलाडीलाई खोटाङका प्रदेशसभा सदस्य रामकुमार राई, मेयर दिपनारायण रिजाल, उपमयेर बिनादेबी राई, दिक्तेल फुटबल क्लबका संरक्षक कुमार आचार्यले पुरस्कार वितरण गरेका थिए ।
माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी फुटबलको इतिहासमा सर्वाधिक धनराशी पुरस्कार भएको अनुप स्मृति गोल्डकप प्रतियोगिता गर्न थालिएको हो । दोश्रो संस्करणमा भोजपुर, काठमाण्डौ सहित जिल्लाभित्रका ९ टिमगरी १२ टिम समुहको सहभागिता रहेकोे थियो । फाईनल खेलभन्दा अगाडी नेपाल पत्रकार महासंघ शाखा खोटाङ र खोटाङ उधोग वाणिज्य संघविच मैत्रीपुर्ण खेल भएको अनुप स्मृति गोल्ड कप मूल आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिनुभयो ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology