• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा

लामिडाडाँ विमानस्थल कालोपत्रे काम ६० प्रतिशत पूरा


चिसाङ शेर्पा
  • सोमबार, बैशाख ३१ २०७५

  • चिसाङ शेर्पा बैशाख/३१ खोटाङ,
    लामिडाडाँ विमानस्थलको कालोपत्रेको काम ६० प्रतिशत सकिएको छ । रावाबेंशी गाउँपालिका–३ लामिडाडाँमा अवस्थित जिल्लाकै पूरानो विमानस्थललाई वि.सं. २०७४ बैशाख देखी अपग्रेड गरेर कालोपत्रेको काम थालिएको हो ।

     

    नेपाल नागरिक उड्यन प्राधिकरणको ६ करोड ९५ लाख २५ हजार २२३ रुपैयाँ लगानीमा विं सं. २०७३ कार्तिक १७ गते सम्झौता भई कालोपत्रेको काम थालिएको विमानस्थलको धावनमार्गमा सववेश राख्ने, कटिङ, फिलिङ, ग्याभिङ वाल, नालीको काम सकिएको ठेकेदार कम्पनीले जनाएको छ ।

     

    वि.सं. २०२८ सालबाट कच्चीरुपमा सञ्चालनमा रहेको ५ सय ८० मिटर लम्बाइ विमानस्थल वाईएनएस, एसएपी र सुर्य कन्ट्रक्शन प्रालिले साझेदारीमा लम्बाई ५ सय २० मिटर र चौडाइ २० मिटर कालोपत्रेको काम गरिरहेको छ । गत माघ १६ गते कालोपत्रे सम्पन्न हुनपर्ने विमानस्थल स्थानियको अवरोध तथा उपकरणमा आएको समस्याका कारण केही पर सरेको आयोजना इन्जिनियर शम्भु चौधरीले बताउनुभयो । पुनः दोश्रो सम्झौता म्याद थपेका छौ । उहाँले भन्नुभयो, “कसैगरी थप म्याद मितिभन्दा अगाडी काम सक्ने लक्ष्य छ ।”

     

    गत माघ १६ गते सम्झौता म्याद गुजारेका ठेकेदार कम्पनीले ७ महिना म्याद थप गरेका छन् । ठेकेदार कम्पनीले आगामी भदौभित्र विमानस्थल कालोपत्रेको काम सक्नु पर्नेछ । अब विमानस्थलको धावनमार्गमा वेस लगाएर कालोपत्रेको काम बाँकी रहेको साईड ईन्चार्ज ज्योती श्रेष्ठले जानकारी दिनुभयो ।

     

    कालोपत्रे गर्ने क्रममा विमानस्थल अवरुद्ध भएपछि जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकलाई समेत असर पुगेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने लामीडाँडा विमानस्थलमा छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीयलेसमेत सेवा लिँदै आएका छन् । विशेषगरी उक्त विमानस्थलले आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्याउदै आएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology