चिसाङ शेर्पा बैशाख/२७ खोटाङ,
सर्वाधिक धनराशी पुरस्कारको अनुप स्मृती गोल्डकप खुल्ला पुरुष फुटबल प्रतियोगितामा दिक्तेल फुटबल क्लब आयोजकले बिजयी सुरुवात गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कमा अवस्थित माटिकोरे खेलमैदानमा बुधबारदेखी जारी प्रतियोगितामा रुपाकोट फुटबल क्लब दिक्तेललाई एक बिरुद्ध सात गोल अन्तरमा आयोजकले बिजयी सुरुवात गरेका हुन् ।
दिक्तेल त्रिबेणीचोकमा अवस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लवको संयुक्त आयोजनामा गतवर्ष देखी सञ्चालित गोल्डकपको दोश्रो संस्करणमा आयोजक, भोजपुर, काठमाण्डौ सहित जिल्लाभित्रका ९ टिमगरी १२ टिम समुहले सहभागिता जनाएको छ ।
‘खोटाङमा व्यावसायिक फुटवलको विकास पर्यटन र व्यापार प्रवद्र्धनमा हाम्रो प्रयास’ भन्ने नाराका साथमा बुधबारदेखी सुरु गोल्डकपमा बिहीवार दिउँसो १ बजेदेखी दिक्तेल नेर्पा र हलेसी तुवाचुङ स्पोर्टस क्लब हलेसी र खोटाङ फुटबल क्लबसँग सोल्मा स्पोर्टस क्लब सोल्माको रोचक प्रर्तिस्पर्धा हुदैंछ । यस्तै, जिल्ला फुटबल संघ भोजपुरसँग खाराम्बु स्पोर्टस क्लब खार्मीको भिडन्त हुने अनुप स्मृती गोल्डकप मूल आयोजक समिति संयोजक सागर जोशीले बताए ।
फ्रेण्डसीप यातायात काठमाण्डौ, बुईपा सेवा समाज बुईपा, बाक्सिला फुटबल क्लब बाक्सिला र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको खोटाङ भगवती स्पोर्टस क्लबलाई बाई परेको छ । प्रतियोगिताका प्रथम टिम समुहले १ लाख ५१ हजार १११, दोश्रो टिम समुहले ७५ हजार ५५५ नगदका साथमा कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सेमि फाइनालिस्ट दुई टिम समुहले २५/२५ हजार, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्टाइकर, सर्वाधिक गोलकर्ता, मेन अफ द टुनामेन्ट, उत्कृष्ट टिम प्रशिक्षकले ५/५ हजार तथा अनुशासित टिमले ५ हजार २२५ रुपैयाँ पुरस्कार पाउने छन् । माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कक्षा नर्सरीमा अध्ययनरत बालक अनुप राईलाई २०६२ जेष्ठ २ गते दिक्तेल बजारको पुरानो बैंकचोकमा ट्याक्टरले ठक्कर दिंदा ज्यान गएको संम्झनामा गतवर्ष देखी फुटबलको इतिहासमा सर्वाधिक धनराशी पुरस्कार भएको अनुप स्मृती गोल्डकप प्रतियोगिता गर्न थालिएको हो ।
आगामी बैशाख ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितका लागि विभिन्न संस्थाहरुबाट प्राप्त नगद/जिन्सि, व्यापारिक प्रतिष्ठानको विज्ञापन प्रायोजन, स्थानिय संघसंस्था, कार्यलय, आयोजकको स्वलगानी तथा विभिन्न शुभचिन्तकको सहयोगबाट आर्थिक तथा भैतिक बन्दोवस्त गरिएको हो । यातायात सुविधाका कारण प्रतियोगिताका लागि जिल्ला बाहिर र अन्तर्राष्ट्रिय खेलाडी दिक्तेल आएका छन् । खोटाङ खेलकुदमय बनेको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology