• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल–ओखलढुंगा सिधा यातायात

दिक्तेल–ओखलढुंगा सिधा यातायात


चिसाङ शेर्पा
  • मंगलबार, बैशाख २५ २०७५

  • साँकेतिक तस्विर।

    चिसाङ शेर्पा बैशाख/२५ खोटाङ,
    खोटाङबाट ओखलढुंगा सिधा यातायात शुरुवात हुने भएको छ । जिल्लाभित्रका तथा जिल्ला बाहिरका यात्रुहरुको माग अनुसार बुधबारदेखी दिक्तेल–ओखलढुंगा सिधा बस सञ्चालनमा आउने भएको हो ।

     

    खोटाङ यातायात व्यवसायी संघका महासचिव रामकुमार हिङमाङका अनुसार दिक्तेलदेखी प्रत्येक दिन बिहान ६ बजे र ओखलढुंगाबाट प्रत्येक बिहान साँढे ६ बजे बस छुट्नेछ । महासचिव हिङमाङले भने, ‘हालका लागि भाडादर आठसय रुपैयाँ निर्धारण गरिएको छ ।’

     

    यसभन्दा अघि छिमेकी जिल्ला सोलुखुम्बु र आखेलढुंगाका यात्रुहरु खोटाङसम्म आवातजावत गर्नुपर्दा ओखलढुंगाको हिलेपानीमा ओर्लनुपर्ने तथा घण्टौसम्म बस कुर्नुपर्ने बाध्यता थियो । भोलीदेखी ओखलढुंगासम्म चल्ने बसमा दिक्तेलबाट हुर्लुङ, नुनथला, महुरे, बिजुले, अर्खौले, हलेसी, जयरामघाटसम्म स्थानियलाई यात्रा गर्नसमेत सहज हुने यातायात व्यवसायी संघले जनाएको छ ।

     

    २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरबाट झुण्डाएर ल्याईएको दुई मिनीट्रकबाट शुरु भएको जिल्लाको यातायात दश बर्षमा आईपुग्दा दुइ नगरपालिका, आठ गाउँपालिकामै गाडी गुडिरहेको छ । जिल्लामा अहिले तीनसय बढी सानाठूला सवारी साधन सञ्चालनमा रहेको छ ।

     

    ओखलढुंगा र खोटाङको सिमानामा पर्ने प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा मोटरेवल पक्की पुल बनेपछि जिप तथा बस दैनिक १७ गाडी दिक्तेलबाट छुट्ने गरेको छ हाल जिल्लाबाट दिक्तेल–काठमाण्डौ, दिक्तेल–धरान, दिक्तेल–विराटनगर सिधा यातायात सञ्चालनमा रहेको छ । निकट समयमै दिक्तेल–सोलुखुम्बु, दिक्तेल–काकड्भिट्टासम्म सिधा यातायात सञ्चालन हुने महासचिव हिङमाङले जानकारी दिए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology