• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भलिबल प्रतियोगिता

दिप्रुङ चुईचुम्मा गाउँपालिकामा भलिबल प्रतियोगिता

जेठ १० गतेदेखी १२ गतेसम्म


चिसाङ शेर्पा
  • सोमबार, बैशाख २४ २०७५

  • प्रतिकात्मक तस्विर।

    चिसाङ शेर्पा बैशाख/२४ खोटाङ,
    खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सर्वाधिक धनराशी पुरस्कारको पुरुष तथा महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा वडा नं. ७ टेम्मास्थित कृष्ण माविको प्राङगणमा आगामी जेठ १० गतेदेखी १२ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

     

    खेलकुदको माध्यमबाट गाउँपालिकाको पर्यटन र प्रर्वद्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम टिमले १ लाख ३० हजार, दोश्रो टिमले ८० हजार, तेश्रो टिमले ५० हजार र महिलातर्फ प्रथम टिमले ५० हजार, दोश्रो टिमले ३५ हजार, तेश्रो टिमले २५ हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउँने छन् ।

     

    प्रतियोगिताका महिला/पुरुष उत्कृष्ट खेलाडी, अनुशासीत खेलाडीले ५/५ हजार नगद पुरस्कार पाउने गाउँपालिका उपप्रमुख सपना राईले बताईन् । प्रतियोगितासँगै एकल नृत्य प्रतियोगिता समेत हुनेछ । नृत्यतर्फ पहिलोले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार पुरस्कार पाउने छन् । भलिबलका लागि पुरुषतर्फ ५ हजार, महिलातर्फ २ हजार र एकल नृत्यका लागि ५ सय टिमदर्ता शुल्क लाग्ने गाउँपालिकाले जनाएको छ ।

     

    मुलुक संघिय संरचनामा गईसकेपछि गाउँपालिका तथा नगरपालिकाको हकमा सबैभन्दा ठूलो धनराशी पुरस्कारमा हुने प्रतियोगिता जिल्लाको इतिहासमा पहिलो रेर्कड भएको गाउँपालिका प्रमुख भुपेन्द्र राईले बताए । प्रतियोगिताका लागि स्वयंसेवक परिचालन समिति, अतिथि व्यवस्थापन समिति, आवास व्यवस्थापन समिति र खेलकुद सञ्चालन उपसमिति गठनसँगै सम्पुर्ण तयारी पुरा भएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology