• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा एक बालिका सहित दुई बालक बेपत्ता

खोटाङमा एक बालिका सहित दुई बालक बेपत्ता

सुनकोशी नदीले बगाएको आशंका


चिसाङ शेर्पा
  • आइतबार, बैशाख २३ २०७५

  • सांकेतिक तस्विर

    चिसाङ शेर्पा बैशाख/२३ खोटाङ,
    खोटाङमा एक वालिकासहित दुई बालक बेपत्ता भएको छ । बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका तीनजना बालक बेपत्ता बनेको हो । सुन्तले धाप्लाङका धन बहादुर श्रेष्ठको १२ वर्षीय छोरा शुबन श्रेष्ठ, १० वर्षीय छोरा सविन माझी र धु्रब माझीका ११ वर्षीय छोरी अनिता माझी गत शनिबार १२ बजेदेखी सुनकोशी नदी आसपासमा बेपत्ता भएका छन् ।

     

    शनिबार सामूहिक रुपमा बाख्रा चराउन सुनकोशी नदी किनारमा गएका बालवालिकाको स्थानियले खोजतलास गर्दा नभेटिएपछि आज साँझ परिवारले प्रहरीमा उजुरी दिएपछि बालबालिका बेपत्ता बनेको खुलासा भएको खोटाङका प्रहरी नायब उपरिक्षक लोकदर्शन थापाले बताए ।

     

    बेपत्ता बालबालिकाको खोजीका लागि इलाका प्रहरी कार्यालय चिसापानीका टोली खटाईएको छ । घट्ना बिकट स्थानमा भएकाले बृस्तीत जानकारी आउन बाँकी छ । स्थानिय तथा आफन्तले खोजतलास गर्दा बेपत्ता बालबालिका नभेटिए पछि सुनकोशी नदीले बगाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology