समायोजन खबर बैसाख/२२ खोटाङ,
नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशको निर्वाचनमा खोटाङबाट ३५ मत खसेको छ । कुल ३७ मतदाता रहेको जिल्लाबाट प्रदेशसभाको निर्वाचनमा २ मतदाता अनुपस्थित भएको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा प्रदेश नम्बर १ का अध्यक्षका उम्मेदवार बिक्रम लुइटेलको पक्षमा ३५ मत र गोपाल देवानकोपक्षमा १ मत खसेको छ । यस्तै, उपाध्यक्षमा सोमनाथ सुसेलीको पक्षमा ३५, बिजय खतिवडाको पक्षमा १, महिला उपाध्यक्ष स्मीता निरौलाको पक्षमा ३१ र मनिता चामलीङको पक्षमा ५ मत खसेको मूख्य निर्वाचन अधिकृत कृष्ण आचार्यले बताए । महासचिवका उम्मेद्वार बिबेक गौतमको पक्षमा ३६ मत र कमन देवानकोपक्षमा शुन्य, सचिवका उम्मेद्वार बुद्धबीर राईकोपक्षमा ३६ र सन्तबीर लामाकोपक्षमा शुन्य मत खसेको छ ।
बरिष्ठ पत्रकार आचार्य प्रमुख निर्वाचन अधिकृत रहेको निर्वाचन समितिमा अधिबक्ता नारायणदास राई र पत्रकार सुनिता मगरले निर्वाचन अधिकारीको भूमीका निर्वाह गरेका थिए । केन्द्रीय प्रतिनिधि गणेश निरौलाको उपस्थितिमा दिक्तेलको भवनगैरास्थित होटल श्रेष्ठमा मतदान गरिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology