चिसाङ शेर्पा बैशाख/२२ खोटाङ,
दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधी बिभागीय टम नेपाली सेनाले उचालेको छ । ९ स्वर्ण ५ रजत २ कास्य लिएर नेपाली सेना टिम प्रथम भएको हो । खोटाङको सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा गत बिहीबारदेखी जारी प्रतियोगितामा २ स्वर्ण ४ रजत ५ कास्य लिएर पाहुना टोली भारत दोश्रो र १ कास्य लिदैं श्रीलंका तेश्रो भएको छ ।
पुरुष एकलकातामा डम्बर बहादुर आले मगर , ४० केजी तौल समुह महिला कुमितेमा स्वनिम मानन्धर, ४० केजी तौल समुह महिला कुमितेमा बुद्ध लक्ष्मी तामाङ, ४५ केजी तौल समुह पुरुष कुमितेमा साजन मोक्तान, ४५ केजी तौल समुह महिला कुमितेमा कुशुम खड्का, ६१ केजी तौल समुह कुमितेमा सम्झना घिसिङ, ६८ केजी तौल समुह महिला कुमितेमा विभूषा थापा, महिला टिमकाता र पुरुष टिमकातागरी नेपाली सेनाले ९ स्वर्ण जितेको थियो ।

टिम प्रथम भएपछि खेलमैदान परिक्रमा गर्ने क्रममा नेपाली सेनाका खेलाडीहरु
सेनाकै ५० केजी तौल समुह पुरुष कुमितेमा आकाश पल, ६० केजी तौल समुह पुरुष कुमितेमा राकेश लामा, ७५ केजी तौल समुह पुरुष कुमितेमा सुवास घताने, ५० केजी तौल समुह महिला कुमितेमा मिस्ली श्रेष्ठ र एकलकाता पुरुषमा कर्मा लामाले ५ रजत तथा ५५ केजी तौल समुह महिला कुमितेमा रिना श्रेष्ठ र ६७ केजी तौल समुह पुरुष कुमितेमा रिशेक मानन्धरले २ कास्य हात पारेको थियो ।
पाहुना टिम भारतको महिला एकलकातामा भन्सीका तन्वार र ५० केजी तौल समुह महिला कुमितेमा अर्पणा चाहानले दुई स्वर्ण हात पारेको छ । ५५ केजी तौल समुह पुरुष कुमितेमा एचगीत चन्द्र, ५४ केजी तौल समुह महिला कुमितेमा मैवु साइकिया, ५५ केजी तौल समुह महिला कुमितेमा जुनुमूनि र महिला टिमकातागरी ४ रजत र पुरुष एकलकातामा चमन दत्तरे, ५० केजी तौल समुह पुरुष कुमितेमा एल मोल्सन, ६१ केजी तौल समुह कुमितेमा ब्युटी र ६९ केजी तौल समुह महिला कुमितेमा इरिनी लाल्चाभिमिले ५ कास्य जितेको थियो ।
तेश्रो टिम श्रीलंकाको आरएम आईजी पार्थायाकेले ६१ केजी तौल समुह महिला कुमितेमा १ कास्य लिएकी हुन् । बिजयी प्रथम टिमले ७० हजार, दोश्रोले ३५ हजार र तेश्रोले २५ हजारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । बिजयी टिमलाई प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, जिल्ला समन्य समिति प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, जिल्ला खेलकुद बिकास समिति अध्यक्ष माईतीराज राई, रेफ्रि संयोजक राजेन्द्र कपालीले लगायतले पुरस्कार वितरण गर्नु भएको थियो । बिजयी टिमसहित दर्जनौ खेलाडी तथा सहयोगीदाताहरु सम्मानित भएका थिए ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology