• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सेनाको अग्रता कायमै

अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सेनाको अग्रता कायमै


चिसाङ शेर्पा
  • शुक्रबार, बैशाख २१ २०७५

  • चिसाङ शेर्पा बैशाख/२१ खोटाङ,
    दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको अग्रता कायमै रहेको छ । बिहीवारदेखी जारी प्रतियोगितामा बिभागिय टिम नेपाली सेना ६ स्वर्ण सहित लगातार अगाडी रहेको हो ।

     

    नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा जारी प्रतियोगितामा पाहुना टिम भारत र प्रदेश नम्बर तीन २÷२ स्वर्णसहित नेपाली सेनालाई पछ्याईरहेको छ । शुक्रबारसम्मको नतिजा अनुसार आयोजक टिमको १ स्वर्ण हुंदा श्रीलंकाले २ कास्य जितेको रेफ्रि संयोजक राजेन्द्र कपालीले जानकारी दिनुभयो ।

     

    १७ स्वर्ण, १७ रजत ३४ कास्य पदकका लागि प्रतियोगितामा श्रीलंका, भारत, नेपाली सेना, १ नम्बर प्रदेश, २ नम्बर प्रदेश,३ नम्बर प्रदेश,४ नम्बर प्रदेश, ५ नम्बर प्रदेश, ६ नम्बर प्रदेश र आयोजकसहित ९ टिमको प्रर्तिष्पर्धा भईरहेको छ ।

     

    खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले माटिकोरे खेलमैदानमा जारी प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष महिलाले जनही २०÷२० हजार नगद पुरस्कार पाउने छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology