• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ

खोटाङमा यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पक्राउ


समायोजन खबर
  • शुक्रबार, बैशाख २१ २०७५

  • समायोजन खबर बैसाख/२१ खोटाङ,
    प्रहरीले खोटाङ यातायात व्यवसायी संघका अध्यक्ष सहित चार पदाधिकारीलाई पक्राउ गरेको छ । सिण्डिकेट खारेज गर्ने सरकारको निर्णय बिरुद्ध जिल्लामा यातायात सेवा ठप्प पारेको भन्दै प्रहरीले स्थानीय प्रशासनको निर्देशनमा यातायात व्यवसायी संघका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष राजकुमार राई, महासचिव रामकुमार हिङमाङ र सल्लाहकार बुद्धिबिनोद लुइटेललाई शुक्रबार पक्राउ गरेको हो ।

     

    पक्राउ गरिएका यातायात व्यवसायी संघका पदाधिकारीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए । यातायात व्यवसायीलाई नियन्त्रणमा लिए पनि जिल्लामा यातायातका सवारी साधन चलेका छैनन् । सवारी साधन नचल्दा बिरामी तथा आकस्मिक कामका लागि यात्रा गर्ने स्थानीय मारमा परेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology