• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँसको टेकामा बिजुलीको तार

बाँसको टेकामा बिजुलीको तार


चिसाङ शेर्पा
  • बिहिबार, बैशाख २० २०७५

  • चिसाङ शेर्पा बैशाख/२० खोटाङ,
    खोटाङको बाम्राङमा बाँसको टेकामा बिजुलीको तार राखेर बिधुत प्रवाह हुंदा अत्याधिक जोखिम बढेको छ । मकिन लागेको काठे पोलको अगाडी बाँसको खम्बा टेका दिएर विधुतको तार घरघरमा पु¥याउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सामातुङमा चार घरमा धनजनको ठूलो क्षति हुने संम्भावना बढेको छ ।

     

    ग्रामिण सडकको छेवैबाट बिजुलीको एलटि लाईनको तार तीनवटा बाँसको टेका दिएर स्थानिय चार घरले बर्षदिन अघिबाट बत्ती बालिरहेका छन् । खेतीयोग्य जमिन बिचबाट बाँस गाडेर बिजुलीको तार लैजाँदा सुख्खा तथा वर्षातको समयमा विधुत चुहावट भई जमिनमा करेण्ट बहने गरेको स्थानियहरुले बताएका छन् ।

     

    बारी बिचबाट बाँसको टेका दिइ बिजुलीको तार तान्ने कुराभन्दा खेतीपाती लगाउन उठाउन जोखिम भएको छ । बारीको खेतीपाति गरीरहंदा कुनबेला बाँस मकेर तार भुईमा झर्नेे अथवा मान्छे माथि खस्ने टुंगो छैन । स्थायिनले भने “हामी ज्यानलाई जोखिम मोलेर अन्नबाली लगाउनुपर्छ ।”

     

    हिउँदमा तारलाई हावाले हल्लाउँदा एकआपसमा जुद्ने तथा बर्षादमा पानिले भारी बनाउदा बाँस भाँचिने संम्भावना प्रवल देख्न सकिन्छ । बाँस भाँचिएमा अन्य काठेपोल लड्ने र धनजनका ठूलोे क्षति हुने संम्भावना बढेको छ । ‘जोखिमयुक्त भएकाले तीनचार महिना अघिनै एकवटा फलामे खम्बा दिएको तर, उपभोक्ताले नगाडेको’ वडाध्यक्ष ललित राईले बताए । सोही टोलका आसपासलाई थप सातवटा फलामे पोल वडासदस्य राजेन्द्र राईको नेतृत्वमा उपलब्ध गराईसकेको वडाध्यक्ष राईले जनाए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology