समायोजन खबर बैसाख/१९ खोटाङ,
किरात राई पत्रकार संघ खोटाङको अध्यक्षमा गोमा राई चयन भएकी छन् । हलेसी साप्ताहिकको कार्यालयमा बुधबार भएको तेश्रो अधिबेसनबाट गोमा राई पत्रकार संघको अध्यक्षमा चुनिएकी हुन् । जिल्लामा राई पत्रकार संघको नेतृत्व पहिलोपल्ट गोमाले पाएकी हुन् ।
संघको उपाध्यक्षमा काजनश्री राई, सचिवमा गोपाल राई, सहसचिवमा सुनिता राई र कोषाध्यक्षमा रमिला राई सर्वसम्मत चयन भएकी हुन् । ११ सदस्यीय संघको सदस्यमा सर्मिला राई, टिवन राई, महाशेर राई, योगिन राई र सन्देश राई चयन भएका छ्न । अधिबेसनले रामधन राई, संगीता राई, डिएम चाम्लिङ र राजेन्द्र राईलाई केन्द्रीय सभाषद्मा छानेको छ । संघको सल्लाहकारमा उजुर राई, डम्बरसिं राई, भीम राई, उमेत राई, दमन राई र सइन्द्र राई चयन छानिएका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology