• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कराते प्रतियोगिताको तयारी पुरा

कराते प्रतियोगिताको तयारी पुरा


चिसाङ शेर्पा
  • बुधबार, बैशाख १९ २०७५

  • चिसाङ शेर्पा बैशाख/१९ खोटाङ,
    विहीबारबाट शुरु हुने दोश्रो खोटाङ–हलेसी खुल्ला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको तयारी पुरा भएको छ । बैशाख २०, २१, २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि स्टील मञ्च, प्याराफिट, कम्पाउण्ड, डस्टविन, अस्थायी शौचालय, स्वागतद्धार गेट, लगायतका भौतिक संरचनाहरु निर्माण सकिएसँगै तयारी पुरा भएको हो ।

     

    खेल संस्कृतिको विकास गर्दै खोटाङलाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो करातेसंघ खोटाङको आयोजनामा सदमुकाम दिक्तेलस्थित माटिकोरे खेलमैदानमा भोलीबाट शुरुवात हुने प्रतियोगिताका लागि खेलाडीको आवास व्यवस्थापन, ट्रफी, प्रमाणपत्र, पुरस्कार सबैको तयारी पुरा भएको नेपाल सितोरियो करातेसंघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिए ।

     

    १७ स्वर्ण, १७ कास्य ३४ पदकगरी ६८ पदक प्रतियोगिताका लागि अन्तर्राष्ट्रिय टिमहरु भारत र श्रीलंका बिभागिय टिमहरु नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपालका सात प्रदेशका ७ टिम आज रातीसम्ममा दिक्तेल आईपुग्ने करातेसंघ खोटाङका अध्यक्ष राईले बताए । प्रतियोगिताका लागि नेपाली सेना, शुभद्र–मदन फाउण्डेसनका विधार्थी तथा आयोजकले मञ्च निर्माण गरेका हुन् ।

     

    प्रतियोगिताका टिम प्रथमले १ लाख, दोश्रोले ७० हजार र तेश्रोले ५० हजारका साथ ट्रफि र प्रमाणपत्र पाउनेछ । अनुशासित टिम, उत्कृष्ट मार्चपास टिम, उत्कृष्ट महिला पुरुष, उत्कृष्ट टिम कोच, उत्कृष्ट टिम व्यवस्थापक तथा अनुशासित पुरुष महिलाले जनही २०/२० हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिता भोलि बिहान ११ बजे विभिन्न जातजाती, भेषभूषासहित रत्नपार्क–हाँटडाडाँ, हाँटडाडाँ–माटिकोरे ¥याली निकालेर खेलमैदानमा पुगेपछि कार्यक्रम औपचारिक रुपमा शुरु हुनेछ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology